महानगरभित्रकै नदीको यो कुरुप दृश्य : जहाँ पानी भन्दा फोहोर धेरै बग्दछ

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


शब्द तथा तस्वीर : पि.एल. तरंग

कुनै जमना थियो, मानिसहरु खोला वा नदी देखे भने फूलपाती वा अन्य केही बस्तु चढाएर ढोग्दथे । कञ्चन नदीमाथि बनाइएको झोलुङ्गेपूलको खम्बामा फूलपाती वा पैसा चढाएर नदी पार गर्ने अनि आफ्नो यात्राको सफलताको लागि ‘गंगा’सँग बरदान मागेको तपाईँमध्ये धेरैलाई अझै याद होला । त्यसो त अहिले पनि गाउँघरतिर खोला नदी तर्दा पुरानै तरिकाले ‘गंगा’ प्रति सम्मानभाव प्रकट गर्ने चलन छ ।

तर देशको राजधानी काठमाडौंमा पछिल्ला वर्षहरुमा बढ्दै गएको अव्यवस्थित बस्ती र त्यो सँगै भित्रिएको कलकारखानालगायतबाट निस्कने फोहोरले काठमाडौंका खोला नदीहरु अत्यन्तै दुर्गन्धित बन्दै गएका छन ।

माथिको तस्वीर काठमाडौंको नयाँबसपार्क छेवै भएर बग्ने विष्णुमती नदीको हो । तस्वीरमा झट्ट हेर्दा तपाईँलाई पत्यार लागेन होला यो नदीकैे दृश्य हो भनेर । तर यो तस्वीर त्यही नदीको हो जुन नदी काठमाडौंको उत्तर दक्षिण भएर सदिऔं अघिदेखि अविरल रुपमा बहिरहेकी छन् । कुनैबेला यी नदीमा बग्ने पानीले यस आसपासका हजारौं रोपनी खेतहरुमा सिंचाई हुने गरेको थियो । दुर्भाग्यपूर्ण कुरा त के छ भने अहिले विष्णुमतीमा पानी भन्दा फोहोर धेरै देखिन्छ । विष्णुमतीका आसपासमा रहेका सुकुम्बासी बस्तीदेखि अव्यवस्थित ढंगले सञ्चालित बधशालाहरुका कारण नदी अतिक्रमणको चपेटामा पर्न थालेको छ ।

काठमाडौंको टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको सिमास्थित सांङ्लेखोलाको मुहान झोंरबाट शुरुभएको विष्णुमतीको पानी सोभाभगवती, कालीमाटी हुँदै चोभारबाट बाहिरिन्छ । तर विगत १ दशकदेखि उपत्यकाका अन्य खोला तथा नदी जस्तै विष्णुमती पनि मानव अतिक्रमणको चपेटामा पिल्सिएको छ । सुकुम्बासीबस्तीका मलमुत्र पनि नदीमै मिसाईसँदा नदीको पानी फोहोर हुनुका साथै दुगन्धित बन्दै गै रहेको छ ।

यस्तै प्लाष्टिकजन्य नकुहिने फोहोरले नदीका अधिकांश भाग ढाक्न थालेको छ । जसको प्रभाव जलवायुपरिवर्तनमा समेत देख्न थालिईसकेको छ । सोभाभगवतीदेखि तलको क्षेत्रमा सञ्चालित एक दर्जन बढी अव्यवस्थित बधशाला र त्यसबाट निस्कने फोहोरका कारण विष्णुमती नदी अत्यन्तै प्रदुशित बनेको छ । त्यसो त हिन्दु धर्ममा नदीलाई देवीको रुपमा हेर्ने गरिन्छ । तर अहिले तिनै ‘देबी’माथि काठमाडौंबासीले चरम अपहेलना गरिरहेका छन् ।

विशेषतः नदी छेउछाउका बस्ती र त्यहाँबाट निस्कने फोहोरका कारण नदी प्रदुशित बन्दै गएको हो । काठमाडौंको नयाँबसपार्क नजिकैको विष्णुमती खोला छेउमा ५ दशकदेखि बस्दै आएका रामबहादुर श्रेष्ठ पहिलेको विष्णुमती र अहिलेको विष्णुमतीबीच तुलना नै गर्न नसकिने बताउछन् । ‘पहिला हामी विष्णुमतीको पानीले नुहाई धुवाई गर्दथ्यौं, कतिपय अवस्थामा यो पानी हामीले पिउनका लागि पनि प्रयोग गरेका थियौं, तर अहिले एक थोपा हातमा प-यो भने पनि चिलाउँछ कि भन्ने डर लाग्छ ।’

विकासको नाममा प्राकृतिक सम्पादमाथि गम्भीर क्षति पुग्ने काम गर्नु सबैको लागि घातक भएको उनी बताउँछन् । नदी प्रदुषित हुँदा यसको प्रभाव मानवस्वास्थ्यमा समेत परेको छ । हुन त विष्णुमती नदीको सरसफाईका लागि भन्दै नदीछेउमा हप्तैपिच्छे विभिन्न संघसंस्थाका टोलीहरु नपुग्ने होइनन् । तर नदी सफा गर्नुभन्दा उनीहरु नदी छेउमा उभिएर झाडु समातेको फोटो फेसबुकमा हाल्नमै समय खचिरहेका छन् ।

परिणामस्वरुप हप्तैपिच्छेजसो हुने सरसफाई कार्यक्रम उपलब्धी बन्दैछ । कुनैबेला बाग्मती नदी सरसफाई गर्न सृङ्गखलाबद्धरुपमा नै काम भयो, तर बाग्मती जस्तै महत्वपूर्ण उपत्यकाकै अर्की नदी विष्णुमती यतिबेला देख्दा कुरुप र सुँघ्दा दुर्गन्धित बन्दै गै रहेकी छन् । नदी सफा गर्नु सबैको दायित्व हो, तर नदीछेउमा घरबस्ती भएकाहरु यसप्रति थप जिम्मेवार बन्नुपर्दछ । अनि नदी फोहोर गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्न पनि सरकारले अब ढिला गर्नुहुन्न ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमण : इरानका विशेष सैन्य दस्ताका प्रमुख सुलेमानी मारिए

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० बग्दाद । अमेरिकी सरकारले गरेको हवाई...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

Top