Best Khabar Team | २०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले तत्काल आन्तरिक उडान तथा लामो दुरीका सवारी साधन सञ्चालनमा भदौ मसान्त अर्थात् आगामी सेप्टेम्बर १६ सम्मका लागि रोक लगाएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी भदौ ३१ गते बुधबार अर्थात् सेप्टेम्बर १६ तारिखको मध्यरातसम्म नियमित सेवाका आन्तरिक तथा उडान तथा लामो दुरीका सवारी साधन रोक्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामै दैनिक सयौंको संख्यामा संक्रमित देखिन थालेपछि तत्काल आन्तरिक तथा बाह्य उडान नचलाउने निर्णय भएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाइरसको प्रकोप फैलनसक्ने भन्दै एउटा जिल्लाबाट अर्को जिल्ला हुँदै सञ्चालन हुने लामो दुरीका सवारी साधनहरु सञ्चालनमा समेत भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको जनाएको छ । तर बाह्य उडान भने आगामी भदौ १६ गते मंगलबार अर्थात् सेप्टेम्बर १ देखि सर्तसहित सूचारु गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।
यसअघि सरकारले भदौ १६ गतेदेखि लामो दुरीका गाडी तथा आन्तरिक उडान सूचारु गर्ने गृहकार्य थालेको थियो । तर अहिले उपत्यकालगायत देशैभर कोरोना संक्रमित दिनहुँ बढ्दै गएका कारण संक्रमण रोक्नका लागि भन्दै यो निर्णय गरिएको सरकारको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
फेरिँदै पर्यटकीय नगरी ठमेलको मुहार (फोटो फिचरसहित)
२०७६ मंशिर ३० गते सोमबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका...
मुगुमा सामूहिक हत्या प्रकरण : प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थलमा
२०८० कार्तिक ११ गते शनिबार
२८ अक्टोबर, २०२३गमगढी, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा...
बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...
बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते
२०७६ असार २ गते सोमबार
१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...
Top