सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

Best Khabar Team | २०७७ भाद्र १४ गते आइतबार


३० अगस्ट, २०२०
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले तत्काल आन्तरिक उडान तथा लामो दुरीका सवारी साधन सञ्चालनमा भदौ मसान्त अर्थात् आगामी सेप्टेम्बर १६ सम्मका लागि रोक लगाएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी भदौ ३१ गते बुधबार अर्थात् सेप्टेम्बर १६ तारिखको मध्यरातसम्म नियमित सेवाका आन्तरिक तथा उडान तथा लामो दुरीका सवारी साधन रोक्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामै दैनिक सयौंको संख्यामा संक्रमित देखिन थालेपछि तत्काल आन्तरिक तथा बाह्य उडान नचलाउने निर्णय भएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

सरकारले कोरोना भाइरसको प्रकोप फैलनसक्ने भन्दै एउटा जिल्लाबाट अर्को जिल्ला हुँदै सञ्चालन हुने लामो दुरीका सवारी साधनहरु सञ्चालनमा समेत भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको जनाएको छ । तर बाह्य उडान भने आगामी भदौ १६ गते मंगलबार अर्थात् सेप्टेम्बर १ देखि सर्तसहित सूचारु गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

यसअघि सरकारले भदौ १६ गतेदेखि लामो दुरीका गाडी तथा आन्तरिक उडान सूचारु गर्ने गृहकार्य थालेको थियो । तर अहिले उपत्यकालगायत देशैभर कोरोना संक्रमित दिनहुँ बढ्दै गएका कारण संक्रमण रोक्नका लागि भन्दै यो निर्णय गरिएको सरकारको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...

दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित) दुई मानवसहित अमेरिकाले अन्तरिक्षमा पठायो रकेट (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०न्यूर्योक । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमणको...

कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

Top