नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार (आज) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग कान्सुका गभर्नर रेन्जियानले शिष्टाचार भेट गर्नुभएको हो ।
उपराष्ट्रपतिले गभर्नर रेन्जियानसँगको भेटमा नेपाल र चीन शताब्दीऔँ पूराना साथी भएको बताउनुभयो । उहाँले दुई देशबीच भौगोलिकमात्र नभएर सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । उहाँले नेपाल चीनबीचको सम्बन्ध घनिष्ठ रहेको र जनस्तरसम्म फैलिएको बताउनुभयो ।
भेटमा उपराष्ट्रपतिले नेपाल विकास र समृद्धिको मार्गमा अग्रसर रहेको बताउनुभयो । उहाँले नेपालको विकास र समृद्धिको यात्रामा असल छिमेकी भएको नाताले चीनको सदैव साथ सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकरण, जलविद्युत् उत्पादन वृद्धि, पर्यटनको विकास, खनिज पदार्थको उत्खनन् र पूर्वाधार निर्माण विकासको प्राथमिकतामा रहेको बताउनुभयो ।
‘हामीले नेपाललाई छोटो समयमा विकसित र समृद्ध राष्ट्र बनाउने संकल्पका साथ अगाडि बढेका छौँ’, उपराष्ट्रपतिले भन्नुभयो, ‘यसका लागि हामीले कृषि, पर्यटन, जलविद्युत्, खनिज, पूर्वाधार तथा व्यापारलाई हाम्रो समृद्धिको आधार मानेका छौँ । यी सबै क्षेत्रमा हामी चीनसँग सहकार्य चाहन्छौँ ।’
उपराष्ट्रपतिले गभर्नरसँगको भेटमा केहीं समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण अत्यन्त सफल भएको बताउनुभयो । उहाँले नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट बढी लाभ लिन खोजेको बताउनुभयो । उपराष्ट्रपतिले नेपालबाट चीनको उच्चस्तरीय भ्रमण भइरहेको बताउनुहुँदै दुवै देशबाट उच्चस्तरीय भ्रमण हुनुपर्ने बताउनुभयो । उहाँले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउन लागेको उल्लेख गर्नुहुँदै चिनियाँ नागरिकहरुलाई भ्रमणका लागि आमन्त्रण गर्नुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले चीन र नेपालको सम्बन्ध घनिष्ठ र पूरानो भएको बताउनुभयो । उहाँले चीन र नेपालले विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।
गभर्नर रेन्जियानले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहकार्य हुने बताउनुभयो । उहाँले अर्थतन्त्र र व्यापार, यातायात र पूर्वाधार, जलविद्युत, संस्कृति र पर्यटन, कृषिको विकास र अनुभव आदन प्रदानमा सहकार्य गर्ने चीनको चाहना रहेको बताउनुभयो । उहाँले नेपालको खानी उत्खनन्मा आफूहरुको चासो रहेको बताउनुभयो ।
कान्सुका गर्भनर रेन्जियानले नेपालको कृषि व्यवसायलाई आधुनिकीकरणका लागि नमूना उत्पादनमा सहयोग गर्ने बताउनुभयो । ‘म नेपालको भ्रमण गर्दा प्रदेश ५ मा पुगेँ । त्यहाँ कृषिको आधुनिकीकरणको आवश्यकता छ । कान्सुको कृषि प्रविधि अति उच्च छ । हामी त्यसलाई यहाँ ल्याउन सक्छौँ,’ उहाँले भन्नुभयो, ‘केही महिनामा हामीले कृषिमा मोडन उत्पादन गर्न सक्छौँ ।’
उपराष्ट्रपतिसँगको भेटमा कान्सु प्रान्तका गभर्नर रेन्जियानसँगै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायत सहभागी रहेको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...

Mount Kailash  & Mystery Mount Kailash & Mystery

२०८० कार्तिक ६ गते सोमबार

– Mohit Borisagar / Known to be the abode...

Top