भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा

Best Khabar Team | २०७७ भाद्र १० गते बुधबार


२६ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा आगामी भदौ १७ गतेसम्मका लागि थप गरेको छ । जिल्ला सुरक्षासमितिको सिफारिसमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि एक साताका लागि घोषणा गरिएको निषेधाज्ञाको समय आज सकिँदै थियो ।

निषेधाज्ञाको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा खटिएका कर्मचारीहरु र सवारी साधनलाई भने निर्वाध रुपमा सञ्चालन गर्न दिइने बताइएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले गएको भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । तर उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै अर्थात २ सय ३२ जनामा कोरोना संक्रमण देखिएपछि सरोकारवाला निकायले उपत्यकामा निषेधाज्ञाको समय थपगर्न सरकारलाई आग्रह गरेका थिए ।

उपत्यकामा हिजो अपरान्हसम्म सरकारले जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा (सोमबार अपरान्हदेखि मंगलबार अपरान्हसम्म) एकैदिन पहिलोपटक यतिधेरै संक्रमित भेटिएका हुन् । जसमध्ये काठमाडौंमा १९९ जना, ललितपुरमा १९ र भक्तपुरमा१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० हेटौंडा । काठमाडौंसँग सिमाना जोडिएको मकवानपुर...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने पहिलो पटक काठमाडौंमा काँठे लोकदोहोरी महोत्सव हुने

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन...

Top