‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

Best Khabar Team | २०७७ भाद्र ९ गते मंगलबार


२५ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि काठमाडौं भ्यालीमा विगत १ सातादेखि जारी निषेधाज्ञा थप्ने तयारी भै रहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो विषयमा छलफल गरेर केहीबेरेमै ठोस निर्णय सार्वजनिक गर्दैछन् ।

स्रोतका अनुसार आगामी भदौ १५ गतेसम्म काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवाहरु सञ्चालनमा रोक लगाउने गरी पुनः निषेधाज्ञाको समय लम्ब्याउने तयारी भै रहेकोछ । यसका लागि स्वास्थ्य, सुरक्षालगायतका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग समेत तीनै जिल्लाका प्रजिअले छलफल गरेका छन् । भदौ २ गतेदेखि शुरुभएको निषेधाज्ञाको समयावधि सकिनै लाग्दा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाअधिकारीहरुले संयुक्त निर्णयसहित भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार निषेधाज्ञा थप गरिएमा यसलाई लागू गर्न पनि विशेष कडाई गर्न लागिएको छ । त्यसका लागि सुरक्षाकर्मीहरुलाई विशेष निगरानी र चेकजाँचका लागि आग्रह गरिने छ । उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा समितिले पनि अहिलेकै अवस्थामा निषेधाज्ञा हटाउँदा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै यसलाई लम्ब्याउनुपर्नेमा जोड दिएका थिए । सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै देशव्यापी लकडाउन गरेको थियो भने साउनको पहिलो सातादेखि लकडाउन खुल्ला गरेको थियो ।

लकडाउन खुल्ला गरेसँगै कोरोना भाइरस संक्रमितको संख्यापनि बढ्दै गएपछि अहिले काठमाडौंलगायत देशका ४० भन्दा बढी जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् भने कतिपयले सवारी साधन तथा मानिसहरुको आवागमनमा कडाई गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...

संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

कम्युनिष्ट,  राज्य व्यवस्था र  सर्वसत्तावाद कम्युनिष्ट, राज्य व्यवस्था र सर्वसत्तावाद

२०७६ फाल्गुन ७ गते बुधबार

–रामचन्द्र पौडेल अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ...

Top