‘काठमाडौं भ्याली’मा भदौ १५ सम्मका लागि निषेधाज्ञा थप्ने तयारी

Best Khabar Team | २०७७ भाद्र ९ गते मंगलबार


२५ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि काठमाडौं भ्यालीमा विगत १ सातादेखि जारी निषेधाज्ञा थप्ने तयारी भै रहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यो विषयमा छलफल गरेर केहीबेरेमै ठोस निर्णय सार्वजनिक गर्दैछन् ।

स्रोतका अनुसार आगामी भदौ १५ गतेसम्म काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सबै सेवाहरु सञ्चालनमा रोक लगाउने गरी पुनः निषेधाज्ञाको समय लम्ब्याउने तयारी भै रहेकोछ । यसका लागि स्वास्थ्य, सुरक्षालगायतका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग समेत तीनै जिल्लाका प्रजिअले छलफल गरेका छन् । भदौ २ गतेदेखि शुरुभएको निषेधाज्ञाको समयावधि सकिनै लाग्दा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्लाअधिकारीहरुले संयुक्त निर्णयसहित भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप्ने तयारी गरेका हुन् ।

स्रोतका अनुसार निषेधाज्ञा थप गरिएमा यसलाई लागू गर्न पनि विशेष कडाई गर्न लागिएको छ । त्यसका लागि सुरक्षाकर्मीहरुलाई विशेष निगरानी र चेकजाँचका लागि आग्रह गरिने छ । उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा समितिले पनि अहिलेकै अवस्थामा निषेधाज्ञा हटाउँदा कोरोना संक्रमण थप बढ्नसक्ने भन्दै यसलाई लम्ब्याउनुपर्नेमा जोड दिएका थिए । सरकारले गएको चैत्र ५ गतेदेखि कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै देशव्यापी लकडाउन गरेको थियो भने साउनको पहिलो सातादेखि लकडाउन खुल्ला गरेको थियो ।

लकडाउन खुल्ला गरेसँगै कोरोना भाइरस संक्रमितको संख्यापनि बढ्दै गएपछि अहिले काठमाडौंलगायत देशका ४० भन्दा बढी जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् भने कतिपयले सवारी साधन तथा मानिसहरुको आवागमनमा कडाई गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण

२०७६ फाल्गुन २६ गते सोमबार

०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...

जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...

‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी ‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ,...

Top