भारतमा अलपत्र नेपालीको व्यवस्थापन गर्न दूतावासलाई सरकारको निर्देशन

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार


०३ मे, २०२०
काठमाडौं । लकडाउनका कारण भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतमा रहेको नेपाली दूतावासले गर्ने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले लकडाउनका कारण भारतमा अलपत्र नेपाली मजदूर, विद्यार्थीलगायतको व्यवस्थापन गर्न भारतस्थित नेपाली दुतावासलाई निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को आजको बैठकमा कतिपय मन्त्रीहरुले भारतीय भूमि तथा नेपाल भारत सिमावर्ती क्षेत्रमा अलपत्र परेका करिब ३ हजार नेपाली नागरिकलाई तत्काल नेपाल ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल उनीहरुलाई नेपाल ल्याउँदा कोरोना संक्रमणको जोखिम पनि फैलने भएकोले त्यसको सट्टा भारतमै रहेको नेपाली दुतावासलाई अलपत्र परेका नेपाली नागरिकको व्यवस्थापनको जिम्मा दिनुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको यो प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । अलपत्र मजदुर तथा विद्यार्थीको व्यवस्थापनका लागि भारतमा रहेको नेपाली दूतावासलाई थप आर्थिक सहयोग गर्ने निर्णय पनि बैठकमा भएको छ । यसका लागि परराष्ट्रमन्त्रालयलाई आवश्यक तयार थाल्न निर्देशन दिइएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपाल र भारतमा लकडाउनको समयावधि लम्बँदै गएपछि मजदुरीका लािग भारत पुगेका सयौं मजदुर र विद्यार्थी अलपत्र परेका छन् । प्रधानमन्त्रीले आवेगमा आएर जोखिमपूर्ण निर्णय गर्नुभन्दा बरु यथास्थानमै उचित व्यवस्था गर्न सकिए त्यो उत्तम हुने बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि सिमावर्ती क्षेत्रमा थप कडाई गर्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएका छन् । भारतले दुईदिन अघि थप दुई साताका लागि लकडाउनको समयावधी लम्ब्याएपछि सिमामा रहेका नेपालीहरु थप समस्यामा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’ कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...

भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो

२०७७ जेठ २९ गते बिहिबार

११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर) जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

२०८२ भाद्र २५ गते बुधबार

१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...

Top