Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ मे, २०२०
नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशहरुको सूचीमा चौथो स्थानमा उक्लिएको छ । कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने विभिन्न सूचकांकहरुले उल्लेख गरेको डाटा अनुसार भारत पछिल्लो समयमा बेलायतलाई पछि पार्दै चौथो नम्बरमा उक्लिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकको पहिलो नम्बरको सूचीमा अमेरिका रहेको छ ।

यस्तै सूचीको दोश्रो नम्बरमा ब्राजिल र तेश्रो नम्बरमा रसिया रहेको छ । चौथो स्थानमा बिहीबार भारत उक्लिएको छ । यसअघि बुधबारसम्म यो सूचीमा बेलायत रहेको थियो । भारतका विशेष गरी नयाँदिल्ली, चेन्याई, कानपुर, मुम्बई, हैदराबादलगायतका शहरहरु कोरोनाको कारण नराम्ररी प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमण २ लाख ९७ हजार जना भन्दा बढीमा फैलिइसकेको छ । कोरोनाकै कारण भारतमा ८ हजार ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । १ लाख ४६ हजार भन्दा बढीले कोरोनालाई जितेर घर फर्केका छन् । भारतमा विगत २ महिनादेखि जारी लकडाउन खुकुलो पारिएलगत्तै कोरोना संक्रमितहरुको संख्यापनि बढ्न थालेको छ । अहिले भारतले अधिकांश राज्यमा आन्तरिक हवाई सेवा पनि सुचारु गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...
High Cost Of A Strong Euro
२०७७ भाद्र ११ गते बिहिबार
Daniel Gros Europe is experiencing a “good” crisis. Despite...
राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने
२०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...
दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)
२०७६ चैत्र ७ गते शुक्रबार
२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
Top