Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार
११ मे, २०२०
नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशहरुको सूचीमा चौथो स्थानमा उक्लिएको छ । कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने विभिन्न सूचकांकहरुले उल्लेख गरेको डाटा अनुसार भारत पछिल्लो समयमा बेलायतलाई पछि पार्दै चौथो नम्बरमा उक्लिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकको पहिलो नम्बरको सूचीमा अमेरिका रहेको छ ।

यस्तै सूचीको दोश्रो नम्बरमा ब्राजिल र तेश्रो नम्बरमा रसिया रहेको छ । चौथो स्थानमा बिहीबार भारत उक्लिएको छ । यसअघि बुधबारसम्म यो सूचीमा बेलायत रहेको थियो । भारतका विशेष गरी नयाँदिल्ली, चेन्याई, कानपुर, मुम्बई, हैदराबादलगायतका शहरहरु कोरोनाको कारण नराम्ररी प्रभावित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म कोरोना भाइरसको संक्रमण २ लाख ९७ हजार जना भन्दा बढीमा फैलिइसकेको छ । कोरोनाकै कारण भारतमा ८ हजार ४ सय ७३ जनाले ज्यान गुमाएका छन् । १ लाख ४६ हजार भन्दा बढीले कोरोनालाई जितेर घर फर्केका छन् । भारतमा विगत २ महिनादेखि जारी लकडाउन खुकुलो पारिएलगत्तै कोरोना संक्रमितहरुको संख्यापनि बढ्न थालेको छ । अहिले भारतले अधिकांश राज्यमा आन्तरिक हवाई सेवा पनि सुचारु गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...
१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ
२०७६ आश्विन २७ गते सोमबार
१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...
भारतमा कोरोना संक्रमण भयाबह बन्दै, एकैदिन १७५ को मृत्यु
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको...
Top