Best Khabar Team | २०७६ असार १९ गते बिहिबार
०४ जुलाई, २०१९
बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई आक्रमणमा एक नेपाली युवकसहित ४४ जनाको ज्यान गएको छ । विगत लामो समयदेखि लिवियामा आतंक मच्चाईरहेको विद्रोही समूह द लिबियन नेशनल आर्मीले त्रिपोलीको डिटेन्सन सेन्टरमा गरेको आक्रमणमा लमजुङ्ग स्थायी घर भएका सन्तोष श्रेष्ठको ज्यान गएको हो ।

सो आक्रमणमा परी १ सय ५० घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विद्रोही समूहले आप्रवासीहरु रहेको ताजोउरास्थित सेन्टरमा हवाई आक्रमण गरेका थिए । मृतक सन्तोष केही समयअघि युरोप यात्राका लागि भन्दै दलालको चंगुलमा परेर लिबिया पुगेका थिए । युरोप जाने क्रममा सन्तोषले करिब १५ लाख रुपैयाँ बुझाईसकेका थिए भने उनको युरोपको सपना लिबियामा पुगेर समाप्त भएको छ ।
अबैध रुपमा युरोप छिर्न खोज्ने सयौंलाई लिबियाको स्थानीय सरकारले थुनेर डिटेन्सन सेन्टरमा राख्ने गरेको छ । सोही सेन्टरमा आक्रमण गर्दा सन्तोष सहित कम्तीमा ४४ को ज्यान गएको र सयौं घाइते भएका हुन् । पछिल्ला वर्षहरुमा लिबियामा हिंसा भड्कँदै गएपछि त्यहाँ रहेका विदेशी नागरिकहरुलाई सम्बन्धित देशले लिबिया छाड्न यसअघि नै निर्देशन दिँदै आएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आप्रबासी लिएर अबैधरुपमा युरोप आउँदै गरेको पानीजहाज दुर्घटना, कम्तीमा ७३ को मृत्यु
२०७९ फाल्गुन ३ गते बुधबार
१५ फेब्रुअरी, २०२३ लिंकरोभर, बेल्जियम । अबैध आप्रबासीलाई अबैध...
कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...
नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन
२०७६ पुष ६ गते आइतबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित...
मदन पुरस्कार ओझा र जगदम्बाश्री पुरस्कार मुखियालाई प्रदान
२०८० आश्विन २९ गते सोमबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री...
Top