Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार

पि.एल. तरंग / बेस्टखबर डटकम
विश्वसमुदाय यतिबेला कोरोनाको संक्रमणबाट गुज्रिरहेका बेला नेपालमा भने कोरोनाका विषयमा सचेतनासँगै विभिन्न खाले भ्रामक, कपोलकल्पित र झुठ्ठा अफबाह, फैलाउने काम तीव्र गतिमा भैरहेको छ । विश्व संकटको यो घडीमा धमिलो पानीमा माछा मार्ने कोशिष गर्नेहरुको संख्यापछि थुप्रै छ । देशभित्र वा बाहिर रहेका केही व्यक्ति तथा समूहले अहिले कोरोना भाइरसको विषयमा नकारात्मक जानकारी फैलाईरहेका छन् ।
सूचना प्रविधिको अहिलेको युगमा अनलाईनमा आएका सबैकुराहरु सत्यतथ्य हुँदैन । त्यसैले हामीले समाचार हेर्दा विश्वसनीय र भरपर्दो सञ्चारमाध्यमलाई आधार बनाउनुपर्ने हुन्छ । बेस्टखबर डटकम पनि यसैको एउटा उदाहरण हो । यसका साथै मुलुकका राष्ट्रिय स्तरका पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा त्यसका अनलाईन संस्करणले दिएको समाचारहरु नै यो अवस्थामा विश्वसनीय समाचार हुनेछन् । त्यसैले हामी समस्त नेपाली नागरिकहरुलाई फेसबुक, ट्वीटर, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल तथा च्याउ उम्रे झै देखिएका युट्युव र अनलाईनमा आएका सबै समाचारहरुको सत्यतर्फ जाँच्नका लागि विशेष अनुरोध गर्दछौं ।
यदि कुनै व्यक्ति वा समूहले अनलाईन तथा सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसका विषयमा अफवाह फैलाईरहेको छ, सामाजिक सद्भाव विथोल्न खोजेको छ वा आम नागरिकमा गलत सूचना प्रवाह गरिरहेको छ भने तपाईँ हामी सबै मिलेर यस्ता व्यक्ति तथा समूहको बारेमा सप्रमाण प्रहरीलाई जानकारी गर्न सक्दछौं । वेस्टखबर डटकमपनि समस्त पाठकवर्गहरुलाई यस्ता व्यक्ति तथा समूहको बारेमा प्रहरीमा खबर गर्न सबैलाई अनुरोध गर्दछो । यस्ता व्यक्ति तथा समूहको सूचना प्राप्त भएमा प्रहरीले उनीहरुलाई कानुनी दायरामा ल्याउने छ ।
सबै मिलेर देशमा कोरोना भित्रन नदिन र पूर्व तयारीका लागि आफ्नो तर्फबाट पहल गर्नुपर्ने देखिन्छ । यो बेलामा अनावश्यक सन्देश, सूचना तथा श्रव्यदृष्य सामग्री प्रशारण गर्ने, व्यक्ति समूह र विभिन्न अनलाई तथा सामाजिक सञ्जाल प्रयोगर्ताहरुको निगरानी पनि शुरु भएको छ । तपाईँलाई पनि यस्तो, व्यक्ति, समूह वा कुनै विशेष अनलाईन वा सामाजिक सञ्जाल प्रयोगकर्ताको बारेमा जानकारी छ भने नेपाल प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमा फोन गरी सप्रमाण जानकारी गराउन सक्नुहुनेछ । यतिबेला मुलुकमा संयमता र धैर्यताको आवश्यकता छ । आफू र आफ्नो समुदाय बाँचे मात्रै देश रहन्छ । त्यसैले तपाईँ हामी सबैले आफ्नो तर्फबाट कोरोना भाइरसको बारेमा समाजमा सक्दो जनचेतना फैलाउन सहयोग गरौं, मानिसहरुलाई अत्याउने भन्दा पनि बेलैमा सचेतना अपनाउन सकिए यो एउटा सामान्य रोग हो भन्ने बुझाउनु जरुरी छ ।
त्यसका लागि कोरोनाको लक्षण, साथै अपनाउनुपर्ने सावधानी (हेर्नुस्, बेस्टखबर डटकमले सार्वजनिक हितमा जारी गरेको सचेतनामूलक सामग्री तलको तस्वीरमा) का बारेमा पर्याप्त जानकारी गराउनुपर्दछ । यसलाई सबैले पालना गर्नुपर्दछ । तवमात्रै समाज सुरक्षित रहछ । एउटा असल नागरिकको कर्तव्य पनि त्यहि हो । यतिबेला सबैले असल नागरिकको कर्तव्य पुरा गर्नतर्फ लाग्नुमै सबैको हित हुनेछ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...
भागरथीको बलात्कार र हत्या उनकै विद्यालयमा पढ्ने युवकबाट : प्रहरी
२०७७ फाल्गुन ४ गते मंगलबार
१६ फेब्रुअरी २०२१बैतडी । बैतडी जिल्लामा गएको माघ २२...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते
२०८२ बैशाख १४ गते आइतबार
२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...
Top