नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२०
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ ।

प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’ काठमाडौंमा आज रिपोर्टस क्लवमा भएको कार्यक्रममा उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएन अन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’ उनले एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे ।

उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो ।

नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’ पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैन थियो भन्ने उनको तर्क छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...

कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको  अवस्था भयाबह बन्दै कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको अवस्था भयाबह बन्दै

२०७६ चैत्र ९ गते आइतबार

२२ मार्च, २०२०एन्तोर्पेन, बेल्जियम । कोरोना भाइरसको संक्रमणका कारण...

टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

२०७९ फाल्गुन १ गते सोमबार

१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...

भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले...

Top