सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार


०८ अप्रिल, २०२०
काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक नियोगका अबैतनिक महावाणिज्य दूतको सेवा सुविधा तत्कालका लागि खोस्ने निर्णय गरेको हो । हिजो मात्रै कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्रीको अबैध धन्दामा संलग्न शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल काठमाडौंमा पक्राउ परेसँगै सरकारले यो निर्णय गरेको हो ।

कीर्गिजस्तानका लागि अवैतनिक महावाणिज्य दूत रहेका अग्रवाल महंगो मुल्यमा थर्मल प्लान्ट बेच्न लागेको अवस्थामा प्रहरीले कूटनीतिक नियोगको गाडीसहित पक्राउ गरेसँगै उनको कालो कर्तुत खुलेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार तत्कालका लागि नेपालस्थित विभिन्न देशका अबैतानिक महावाणिज्य दूतले प्राप्त गर्दै आएको सेवा सुविधा तत्कालका लागि फिर्ता गर्ने निर्णय गरेको हो ।

अबैतानिक दूतका हैसियतमा उनीहरुले उपयोग गरिरहेको सेवा सुविधा दुरुपयोग भएको ठहर सहित सरकारले यो निर्णय गरेको हो । यो निर्णयसँगै अब सबै देशका नेपालस्थितमहावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा रोकिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार कुटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि तत्कालका लागि महावाणिज्य दूतहरुको सेवा र सुविधा फिर्ता लिने निर्णय गरिएको हो ।

जसमा कुटनीतिक नियोगका पदाधिकारीले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधनसमेत प्रयोग गर्न नपाइने भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

Top