Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१
नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको हवाई उडान संख्या दोब्बर बढाउने निर्णय गरेको छ । नेपालबाट हाल भारतमा सातामा ३ वटामात्रै हवाई उडान भैरहेकोमा आगामी जुन २४ तारिखदेखि भने यो सख्या दोब्बर बनाउन लागिएको हो । नेपालमा नयाँ सरकार गठनभएसँगै बसेको मन्त्रीपरिषद्को बैठकले यात्रुहरुको चाप र कम उडान हुँदा उनीहरुले तिर्नुपरेको चर्को भाडादरलाई मध्यनजर गर्दै उडान दोब्बर बनाउने निर्णय गरेको हो ।

यद्यपि यो नियम भने आगामी साउन ९ अर्थात् जुन २४ बाटमात्रै लागुहुने । हाल नेपाल भारत सातामा ३ वटामात्रै उडान हुँदै आएको छ । जसका कारण नेपालबाट भारत आउन चाहनेहरुले दोब्बर महंगोसम्म भाडा तिर्नुपरेको गुनासो गरिरहेका छन् । हाल नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमले नेपालमा सातामा ३ वडा उडान भरिरहेको छ । यस्तै भारतबाट पनि सातामा ३ वटामात्रै उडान भैरहेको छ ।
अब भने सोमबार, बुधबार र शनिबार नेपाल बायुसेवा निगमले उडान भर्नेछ । तर भारतले आगमी दिनमा कति उडान नेपालका लागि थप्छ भन्ने अहिलेसम्म निर्णय सार्वजनिक भैसकेको छैन । कोरोनाको कारण नियमित हवाई उडानमा कटौती भएका कारण अत्यावश्यक कामले नेपाल भारत हवाई यात्रा गर्नुपर्ने यात्रुहरु मार्कामा परेका थिए । भारतसँगै नेपालमा पनि अहिले कोरोना संक्रमितको संख्या घट्न थालेपछि हवाई उडान बढाउन लागिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१५७ नेपाली बोकेर दुबईबाट उड्यो एयर अरेवियाको विमान
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...
हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...
Top