Best Khabar Team | २०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९
काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित गीत ‘छेक्यो, छेक्यो, देउराली डाँडा, हुस्सु र कुहिरोले…’ बोलका गीतका सर्जक सुक गुरुङ्गको निधन भएको छ । चर्चित सांगीतिक समूह ‘नेपथ्य’का एक सदस्य गुरुङ्ग विगत केही समयदेखि महुमेह र उच्च रक्तचापबाट पीडित थिए । मधुमेहकै कारण उनले आफ्नो दृष्टिसमेत गुमाएका थिए । ५ वर्षअघि विरामी भएर एक्कासी बेहोस बनेपछि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको विभिन्न खाले रोगले गाँजेको थियो । पछिल्लो समयमा दुईवटै मृगौलाले काम गर्न छाडेका कारण उनले मृगौलाको डाइलासीस गराउँदै आएका थिए । झण्डै एक दर्जन एल्बम बजारमा आएका सर्जक गुरुङ्गको हिजो पोखराको चरक अस्पतालमा निधन भएको हो । उनका एक श्रीमती दुई छोरा छन् । उपचारका लागि अहिलेसम्म करिब पौने एक करोड रुपैयाँ खर्च भै सकेको भएपनि उनले मृत्युलाई जित्न सकेनन् । सर्जक गुरुङ्गका ‘आँखैमा झल्झली हितैको दौतरी ।’ ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई,’लगायतका गीत चर्चाको शिखरमा छ । उनी विरामी परेपछि उपचारका लागि देश तथा विशेषका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम भएको थियो । जसमा करिब ५० लाख रुपैयाँ गरिएको थियो । तर सबै रकम उपचारमै खर्च भएको पारिवार बताउँछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै
२०७७ जेठ २३ गते शुक्रबार
०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...
८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको...
एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...
आन्तरिक उडान ७ महिनापछि सूचारु
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...
Top