नेपथ्य बाण्डका सर्जक सुक गुरुङ्गको निधन

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार


फाइल तस्वीर : सर्जक स्वर्गीय सुक गुरुङ्ग

२३ डिसेम्बर, २०१९
काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित गीत ‘छेक्यो, छेक्यो, देउराली डाँडा, हुस्सु र कुहिरोले…’ बोलका गीतका सर्जक सुक गुरुङ्गको निधन भएको छ । चर्चित सांगीतिक समूह ‘नेपथ्य’का एक सदस्य गुरुङ्ग विगत केही समयदेखि महुमेह र उच्च रक्तचापबाट पीडित थिए । मधुमेहकै कारण उनले आफ्नो दृष्टिसमेत गुमाएका थिए । ५ वर्षअघि विरामी भएर एक्कासी बेहोस बनेपछि उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको विभिन्न खाले रोगले गाँजेको थियो । पछिल्लो समयमा दुईवटै मृगौलाले काम गर्न छाडेका कारण उनले मृगौलाको डाइलासीस गराउँदै आएका थिए । झण्डै एक दर्जन एल्बम बजारमा आएका सर्जक गुरुङ्गको हिजो पोखराको चरक अस्पतालमा निधन भएको हो । उनका एक श्रीमती दुई छोरा छन् । उपचारका लागि अहिलेसम्म करिब पौने एक करोड रुपैयाँ खर्च भै सकेको भएपनि उनले मृत्युलाई जित्न सकेनन् । सर्जक गुरुङ्गका ‘आँखैमा झल्झली हितैको दौतरी ।’ ‘भाइटीकामा भेट्न आउँला बिदाइ छ आजलाई,’लगायतका गीत चर्चाको शिखरमा छ । उनी विरामी परेपछि उपचारका लागि देश तथा विशेषका विभिन्न स्थानमा सांगीतिक कार्यक्रम भएको थियो । जसमा करिब ५० लाख रुपैयाँ गरिएको थियो । तर सबै रकम उपचारमै खर्च भएको पारिवार बताउँछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित) चन्द माओवादीलाई आर्थिक तथा अन्य सहयोग गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)

२०७५ चैत्र १० गते आइतबार

२४ मार्च, २०१८ काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको...

पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’ पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात ६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात

२०७७ आश्विन १ गते बिहिबार

१७ सेप्टेम्बर, २०२०काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...

Top