‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

Best Khabar Team | २०७६ पुष २८ गते सोमबार


१३ जनवरी, २०२०
काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको बताउँदै आएका एक व्यक्ति ठगीको आरोपमा आज काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवानन्द स्वामी नाम गरेका दिपक भण्डारी छन् । भण्डारीले आफ्ना चेलाहरुलाई युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिने भन्दै लाखौं रुपियाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको टौदहमा आश्रमसमेत सञ्चालन गर्दै आएका भण्डारीले आफ्ना आश्रममा आउने आधादर्जन चेलासँग लाखौं रुपियाँ ठगी गर्दै लामो समयदेखि विदेश पठाउने आश्वासन दिएका थिए ।

तर महिनौं वितिसक्दा समेत विदेश पठाउने भन्दै समय गुजार्न थालेपछि चेलाहरुले महानगरीय प्रहरी कार्यालय टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले भण्डारीले आज काठमाडौंस्थित आश्रमबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भण्डारीमाथिको आरोपको विषयमा छानबिन भै रहेको प्रहरीको भनाई छ । उनले ४ जना चेलासँग करिब ३० लाख रुपैयाँ लिएको प्रहरीको भनाई छ । यसअघि केहीसमयअघि आफ्नै शिष्यमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भने धरौटीमा रिहा भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि गोर्खामा झुण्डिएर आत्महत्याको प्रयास गर्ने एक युवकको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु, मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको...

भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

२०८२ असार १ गते आइतबार

१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

२०७७ मंशिर १६ गते मंगलबार

०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

Top