देशैभरका छाउगोठ भत्काउन गृहमन्त्रालयको निर्देशन

Best Khabar Team | २०७६ पुष ९ गते बुधबार


छाउगोठ

२५ डिसेम्बर, २०१९
काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ भत्काउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विशेषगरी सुदरपश्चिमका जिल्लाहरुमा रहेका छाउगोठमा महिनावारी भएका बेला बस्न बाध्य पारिएकै कारण वर्षेनी दजनौं महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले अविलम्ब रुपमा तत्काल छाउगोठ हटाउन निर्देशन दिएको हो ।

सरकाले छाउपडी प्रथा उन्मुलनका लागि विशेष अभियान शुरु गरेको भन्दै मन्त्रालयले कर्णाली प्रदेश र सुदुरुपश्चिमका अछाम, दार्चुला, डोल्पा, दैलेख, जाजरकोट मुगु, जुम्लालगायतका जिल्लामा रहेका छाउगोठ हटाउन भनेको हो । छाउ गोठ हटाउनका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी कार्यालयका प्रमुख र जिल्ला प्रहरी प्रमुख रहेको विशेष संयन्त्र बनाउने निर्णय समेत गरेको छ ।

सो निर्णय अनुसार तत्का संयन्त्र बनाउने काम अघि बढाउन सम्बन्धित जिल्ला प्रमुख र सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ । मन्त्रालयले छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि कारबाही गर्न सरकारी तवरबाट प्राप्त हुने सेवा सुविधा रोक्न निर्देशन दिँदै छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी सहकार्यमा भत्काउन भनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान...

अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए अमेरिकाको टेक्सासमा नेपाली बालक गाडिभित्रै मृत भेटिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९ टेक्सास । अमेरिकाको टेक्सास राज्यमा परिवासँग...

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता...

झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री

२०७७ श्रावण १९ गते सोमबार

०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको...

Top