६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात

Best Khabar Team | २०७७ आश्विन १ गते बिहिबार


१७ सेप्टेम्बर, २०२०
काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लाई मध्यजनर गर्दै पूर्वसावधानीका लागि सरकारले लागू गरेको लकडाउनका कारण विगत ६ महिनादेखि बन्द रहेको लामो दुरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका छन् ।

फाइल फोटो : नयाँबसपार्क, काठमाडौं ।

सरकारले गएको चैत्र ५ गते देशव्यापी रुपमा कोरोना संक्रमण रोक्न भन्दै लकडाउन गरेपछि चैत्र ११ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन तथा आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा रोक लगाएको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले साउन ८ गतेदेखि लकडाउन खुकुलो बनाएको थियो । लकडाउन खुकुलो गरेपछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएको थियो ।

तर आज अर्थात् असोज १ गतेदेखि लागूहुने गरी सरकारले लामो दुरीमा चल्ने सवारी साधनहरुसमेत सञ्चालनमा ल्याउन दिने निर्णय गरेसँगै आजबाट लामो दुरीका गाडीहरु सञ्चालनमा आएका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक पर्ने सबैखाले सुरक्षा सावधानी अपनाएर आजदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको यातयात व्यवसायीहरुले बताएका छन् ।

लामो दुरीमा चल्ने सवारी साधनलाई ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सिट संख्या भन्दा बढी यात्रु नराख्ने सर्तमान आजबाट सञ्चालनको अनुमति दिइएको हो । यात्रु तथा गाडीमा काम गर्ने चालक एवं सहचालकले अनिवार्यरुपमा माक्स तथा स्यानिटाईटरको प्रयोग गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ । यस्तै आवश्यक सुरक्षा सावधानी अपनाइए नअपनाइएको बारे राजमार्गमा सुरक्षाकर्मीहरुले ठाउँ ठाउँमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

लामो समय यातयातका साधन सञ्चालनमा नआउँदा आर्थिक रुपमा आफूहरु मर्कामा परेको भन्दै यायतात व्यवसायी तथा मजदुरहरुले सुरक्षा सावधानी अपनाएर सवारी सञ्चालन गर्न सरकारसँग अनुरोध गर्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...

प्रधानमन्त्री दाहाललाई पत्नीशोक प्रधानमन्त्री दाहाललाई पत्नीशोक

२०८० आश्विन ३ गते बुधबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...

कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

Top