सिन्धुपाल्चोकमा फेरि पहिरोको वितण्डा : ११ घर बगायो, २८ वेपत्ता, ३ को शव भेटियो

Best Khabar Team | २०७७ भाद्र २८ गते आइतबार


१३ सेप्टेम्बर, २०२०
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएरातिको वर्षात्सँगै आएको पहिरोमा परी २८ जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएराति परेको अविरल वर्षात्पछि आएको पहिरोले स्थानीय बाह्रबिसे नगरपालिको ७ नम्बर वडाका ११ वटा घरहरु बगाएको थियो ।

स्थानीय नेवारटोल, भिरखर्क, नागपुजे, घुम्थाङ्गलगायतका स्थानमा रहेको स्थानीय वासिन्दाको घर पहिरोले बगाएको हो । पहिरोमा परी वेपत्ता भएका ३१ मध्ये ३ जनाको शव केहीबेरअघि प्राप्त भएको भएपनि यो समाचार तयारपार्दासम्म २८ जना वेपत्ता नै छन् । वेपत्ताहरुको खोजीका लागि बाह्रबिसेबाट प्रहरीलगायत स्थानीय वासिन्दाको टोली घटनास्थलमा पुगेको छ । यस्तै जिल्ला सदरमुकामबाट नेपाली सेनाको टोली पनि उद्दारका लागि घटनास्थलमा पुगेको छ ।

तस्वीर : पत्रकार विष्णु क्षेत्रीको फेसबुकबाट साभार

सिन्धुपाल्चोकमा गत साउन ३० गते स्थानीय जुफाल गाउँपालिकामा गएको पहिरोमा परी ३ दर्जन स्थानीय वेपत्ता भएका थिए । यसैबीच बागलुङको जैमिनीस्थित कुश्मीशेरा भन्ने स्थानमा गएको पहिरोमा परी एकजनाको ज्यान गएको छ । स्थानीय टुनिबोटका मणिभद्र पौडेलको घर पहिरोले पुर्दा उनकी श्रीमती ६० वर्षकी लक्ष्मी पौडेलको ज्यान गएको छ भने मणिभद्र गम्भीर घाइते भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...

माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता

२०७६ माघ १ गते बुधबार

–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको...

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...

Top