Best Khabar Team | २०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०
बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा परी सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा एकै गाउँका ३० वटा घर पुरिएको छ । आज बिहान ६ बजेतिर स्थानीय लिदी गाउँ माथिको डाँडैसमेत खसेको पहिरोमा परी वडा नम्बर २ का ३० घर पुरेको हो । पहिरोमा परी अहिलेसम्म ३६ जना वेपत्ता भएको बताएको छ ।

घर वास्तविक विवरण भने प्राप्त हुन सकेको छैन । घटनास्थलमामा सुख्खा पहिरो खसिरहेको कारण उद्दारमा कठिनाई भै रहेको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी, स्थानीय वासिन्दालगायतको टोलीले राहत तथा उद्दारका लागि कोशिष जारी राखेको छ । अहिलेसम्म कतिजना हराएका हुन् भन्ने वास्तविक तथ्यांक खुल्न सकेको छैन । घटनास्थलमा काठमाडौंबाट सभामुख नेतृत्वको टोली पनि हेलिकोप्टरमा आइपुगेका छन् ।
पहिरोमा पुरिएर घाइते भएकाहरुमध्ये ५ जनालाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल र काठमाडौं पठाइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...
स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...
सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना
२०७६ मंशिर २५ गते बुधबार
११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...
कार्यतालिका बनाएर नेपाल आउँछु : भारतीय प्रम मोदी
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
Top