Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०
फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अस्पतालको आकस्मिक उपचार विभागबाहेक अन्य कक्ष बन्द गरेको छ । अहिले अस्पताललाई नै सिल गरेर सरसफाई गर्ने तयारी भै रहेको अस्पताले जनाएको छ । पर्वतको कुस्मामा रहेका जिल्ला अस्पताल पर्वतमा कार्यरत दुई चिकित्सकसहित एकजना ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स तथा एकजना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले विज्ञप्ति नै निकालेर आकस्मिक बाहेकका अन्य सेवा बन्द भएको जानकारी गराएको छ । पर्वतमा पछिल्लो समयमा भारतबाट आएकाहरुलाई कुस्मास्थित जिल्ला सदरमुकाममा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये हालसम्म करिब ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक
२०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...
कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...
Top