Best Khabar Team | २०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०
फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले अस्पतालको आकस्मिक उपचार विभागबाहेक अन्य कक्ष बन्द गरेको छ । अहिले अस्पताललाई नै सिल गरेर सरसफाई गर्ने तयारी भै रहेको अस्पताले जनाएको छ । पर्वतको कुस्मामा रहेका जिल्ला अस्पताल पर्वतमा कार्यरत दुई चिकित्सकसहित एकजना ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स तथा एकजना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालले विज्ञप्ति नै निकालेर आकस्मिक बाहेकका अन्य सेवा बन्द भएको जानकारी गराएको छ । पर्वतमा पछिल्लो समयमा भारतबाट आएकाहरुलाई कुस्मास्थित जिल्ला सदरमुकाममा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । ती मध्ये हालसम्म करिब ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)
२०८० कार्तिक १८ गते शनिबार
०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...
एउटा तस्वीरले जगाएको ‘मानवता’…
२०७६ पुष १८ गते शुक्रबार
– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...
कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...
Top