Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९
काठमाडौं । आज साँझ राजधानीका विभिन्न स्थानमा सरकारको विरुद्धमा राँके जुलुस निकाल्ने तयारी गरिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थनबाट पक्राउ गरिएको हो । आज (बिहीबार) साँझ राजधानीका विभिन्न स्थानमा राँकेजुलुस निकाल्ने तयारीमा रहेका उनीहरु विशेष सूचनाका आधारमा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जानकारी दिएको छ ।
चन्द माओवादीका रामेछाप जिल्लाका पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य काठमाडौंबाट पक्राउ परेपनि कुलदिप भने भक्तपुरबाट पक्राउ परेका हुन् ।
सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाएपछि उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्ला केही समययता विप्लव माओवादीले पनि उपत्यकामा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । एक महिनाअघि राजधानीका विभिन्न स्थानमा विस्फोटको तयारी गरिरहेका बम पड्कँदा ५ जना नेकपाका कार्यकर्ताको ज्यान गएको थियो । पक्राउ परेकाहरुका साथबाट विप्लव नेकपाको पर्चा समेत भेटिएको छ ।
पक्राउ परेकाहरुले भने आफूहरु विप्लव समूहको गतिविधिमा संलग्न नरहेको तथा उपचारका लागि काठमाडौं आएको बताएका छन् । पक्राउ परेकाहरुसँग प्रहरीले अनुसन्धान जारी राखेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...
राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने
२०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...
‘गैरकानुनी क्रियाकलापमा संलग्न भएको आशंकामा काठमाडौंबाट दर्जनौं चिनियाँ नागरिक पक्राउ
२०७६ पुष ७ गते सोमबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
Top