Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२० जुन, २०१९
काठमाडौं । आज साँझ राजधानीका विभिन्न स्थानमा सरकारको विरुद्धमा राँके जुलुस निकाल्ने तयारी गरिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थनबाट पक्राउ गरिएको हो । आज (बिहीबार) साँझ राजधानीका विभिन्न स्थानमा राँकेजुलुस निकाल्ने तयारीमा रहेका उनीहरु विशेष सूचनाका आधारमा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जानकारी दिएको छ ।
चन्द माओवादीका रामेछाप जिल्लाका पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य काठमाडौंबाट पक्राउ परेपनि कुलदिप भने भक्तपुरबाट पक्राउ परेका हुन् ।
सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमा प्रतिबन्ध लगाएपछि उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्ला केही समययता विप्लव माओवादीले पनि उपत्यकामा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ । एक महिनाअघि राजधानीका विभिन्न स्थानमा विस्फोटको तयारी गरिरहेका बम पड्कँदा ५ जना नेकपाका कार्यकर्ताको ज्यान गएको थियो । पक्राउ परेकाहरुका साथबाट विप्लव नेकपाको पर्चा समेत भेटिएको छ ।
पक्राउ परेकाहरुले भने आफूहरु विप्लव समूहको गतिविधिमा संलग्न नरहेको तथा उपचारका लागि काठमाडौं आएको बताएका छन् । पक्राउ परेकाहरुसँग प्रहरीले अनुसन्धान जारी राखेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : नयाँ संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या बढी
२०७७ श्रावण १ गते बिहिबार
१५ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको...
अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...
पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...
Top