Best Khabar Team | २०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा विभिन्न समयमा अफवाह फैलाएको आरोपमा प्रहरीले उपाध्ययलाई आज साँझ ललितपुरबाट नियन्त्रणमा लिएको हो । हाल उनलाई जावलाखेल प्रहरी परिसारमा राखिएको प्रहरी स्रोतको दाबी छ । पछिल्ला केही सातायता उपाध्यायले फेसबुकमार्फत् विभिन्न खाले सामाजिक अफवाह फैलाएको प्रहरीको आरोप छ ।

पछिल्लो समयमा उनले रुकुमका दुई जनामा कोरोना संक्रमण देखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । रुकुममा हालसम्म कोही पनि कोरोना संक्रमित नभेटिएको भन्दै उनको फेसबुक स्टाटसले समाजमा आतंक फैलाएको भन्दै पक्राउ गरिएको जनाएको छ ।
उनले पछिल्ला केही सातायता सामाजिक सञ्जाललाई सरकारलाई गाली बेइज्यती गर्ने थलोको रुपमा विकास गरेको भन्दै उनलाई पक्रन गृह मन्त्रालयले निर्देशन दिएको थियो । उनलाई सामाजिक सञ्जाल दुरुपयोग गरेको भन्दै ‘साइबर क्राईम’ अन्र्तगत कारबाही गर्ने तयारी भएको बुझिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...
डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
Top