Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार
२६ फेब्रुअरी, २०२१
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मस्तिष्कघात भएपछि गएराति उपचारका लागि अस्पताल पु-याइएका जोशीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता जोशीलाई अहिले भ्येन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उनको अवस्था गम्भीर र खतरापूर्ण रहेको अस्पतालले जनाएको छ । तर अस्पतालमा ल्याउँदाको बेला जस्तै स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै अस्पतालले उनलाई बचाउने सम्भावना रहेको बताएको छ । गएराति एक्कासी बाँया हात र खुट्टा बाउँडिने समस्या देखिएपनि जोशीले परिवारका सदस्यलाई आफूलाई उपचारका लागि अस्पताल लैजान आग्रह गरेका थिए । लगत्तै उनका परिवारका सदस्यले जोशीलाई काठमाडौंको वीर अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । वीर अस्पतालमा उनको मस्तिष्कमा रगत जमेको पुष्टि भएपछि उनको नर्भिक अस्पतालमा टाउकोको सल्यक्रिया गरी जमेको रगत निकालिएको थियो ।

बरिष्ठ न्यूरो सर्जन राजीव झा सहितको टोलीले जोशीको उपचार गरिरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारी अनुसार जोशीको एउटा आँखा फुल्लिएको छ । जसको अर्थ दिमागको आधा हिस्साले काम गर्न छाडेको भन्ने बुझिने डा झाले बताए । यस्तै फोक्सोमा बान्ता गएकोले चिकित्सकहरुले त्यसलाई निकाल्ने काम समेत गरेका छन् । वीर अस्पतालमा लैजाँदासम्म जोशीले गाडीमा परिवारका सदस्यसँग बोल्दै गरेको भएपनि अस्पतालमा पुगेपछि भने उनी बेहोस बनेका थिए ।
विगत लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहको रोगबाट पीडित जोशीले रगत पातलो बनाउने औषधी समेत सेवन गर्दै आएका छन् । जसका कारण उनलाई तत्काल थप शल्यक्रिया गर्न कठिन हुने चिकित्सकहरुले बताएका छन् ।
उनको स्वास्थ्य अवस्था बुझ्नका लागि बिहानैदेखि काँग्रेसका नेता तथा कार्यकर्ताहरु अस्पताल परिसरमा भेला भएका छन् ।जोशी नेपाल सरकारको पूर्व उद्योग मन्त्री हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाको कारण धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको काठमाडौंमा दाहसंस्कार !
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते
२०७६ माघ २१ गते मंगलबार
सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...
म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै
२०७७ जेठ २३ गते शुक्रबार
०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...
Top