काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार


२६ फेब्रुअरी, २०२१
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मस्तिष्कघात भएपछि गएराति उपचारका लागि अस्पताल पु-याइएका जोशीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता जोशीलाई अहिले भ्येन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

उनको अवस्था गम्भीर र खतरापूर्ण रहेको अस्पतालले जनाएको छ । तर अस्पतालमा ल्याउँदाको बेला जस्तै स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै अस्पतालले उनलाई बचाउने सम्भावना रहेको बताएको छ । गएराति एक्कासी बाँया हात र खुट्टा बाउँडिने समस्या देखिएपनि जोशीले परिवारका सदस्यलाई आफूलाई उपचारका लागि अस्पताल लैजान आग्रह गरेका थिए । लगत्तै उनका परिवारका सदस्यले जोशीलाई काठमाडौंको वीर अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । वीर अस्पतालमा उनको मस्तिष्कमा रगत जमेको पुष्टि भएपछि उनको नर्भिक अस्पतालमा टाउकोको सल्यक्रिया गरी जमेको रगत निकालिएको थियो ।

फाइल तस्वीर : नविन्द्रराज जोशी ।

बरिष्ठ न्यूरो सर्जन राजीव झा सहितको टोलीले जोशीको उपचार गरिरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले दिएको जानकारी अनुसार जोशीको एउटा आँखा फुल्लिएको छ । जसको अर्थ दिमागको आधा हिस्साले काम गर्न छाडेको भन्ने बुझिने डा झाले बताए । यस्तै फोक्सोमा बान्ता गएकोले चिकित्सकहरुले त्यसलाई निकाल्ने काम समेत गरेका छन् । वीर अस्पतालमा लैजाँदासम्म जोशीले गाडीमा परिवारका सदस्यसँग बोल्दै गरेको भएपनि अस्पतालमा पुगेपछि भने उनी बेहोस बनेका थिए ।

विगत लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहको रोगबाट पीडित जोशीले रगत पातलो बनाउने औषधी समेत सेवन गर्दै आएका छन् । जसका कारण उनलाई तत्काल थप शल्यक्रिया गर्न कठिन हुने चिकित्सकहरुले बताएका छन् ।

उनको स्वास्थ्य अवस्था बुझ्नका लागि बिहानैदेखि काँग्रेसका नेता तथा कार्यकर्ताहरु अस्पताल परिसरमा भेला भएका छन् ।जोशी नेपाल सरकारको पूर्व उद्योग मन्त्री हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

२०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता...

कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द,  ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित) कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी इटलीमा कोरोनाको वितण्डा : पछिल्लो ४८ घण्टामा १ हजार ८ सय ८ जनाले ज्यान गुमाए, संक्रमित ९२ हजार भन्दा बढी

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०रोम । इटलीमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणका...

Top