अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार


०६ मे, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय  उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २ गतेसम्मका लागि अन्तर्राष्ट्रीय  उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर छिमेकी मुलुक भारतलगायत विश्वका अधिकांश देशमा अहिलेपनि कोरोना भाइरस नियन्त्रण बाहिर रहेको भन्दै तत्काल हवाई उडान रोक्ने निर्णय गरेको हो । यस अवधिमा पनि नेपालमा अलपत्र परेका विदेशी नागरिक लिनका लागि आउने चार्टर विमानहरु तथा नेपालबाट अत्यावश्यक सामग्री लिन विदेश जाने विमानहरुले उडान भर्न पाउनेछन् ।

नेपालमा पहिलो चरणमा देखिएका सबै कोरोना संक्रमितहरु विदेशबाटै आएकाहरु भएकोले पनि अन्र्तराष्ट्रिय उडानमा थप कडाई गर्दै जेठ १८ सम्मको समयसिमा लम्ब्याइएको मन्त्रीपरिषद् स्रोतको भनाई छ । यसैबीच सरकारले सीमा क्षेत्रको नाकाबन्दी पनि आगामी जेठ १८ सम्मका लागि थप गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम

२०७९ फाल्गुन १४ गते आइतबार

२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

सर्लाहीका कोरोना संक्रमित  जनकपुर अस्पतालको आइसोलेसनबाट  फरार, प्रहरी खोजीमा जुट्यो सर्लाहीका कोरोना संक्रमित जनकपुर अस्पतालको आइसोलेसनबाट फरार, प्रहरी खोजीमा जुट्यो

२०७७ जेठ ११ गते आइतबार

२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

Top