अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार


०६ मे, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रीय  उडान रोक्नका लागि तोकेको समय सिमा थप गरेको छ । कोरोना संक्रमण उच्चस्तरीय समितिको सिफासिरसमा सरकारले आगामी जेठ१८ गतेसम्म ( मे ३०) का लागि विदेशबाट यात्रु लिएर आउने कुनैपनि यात्रुबाहक उडान तथा नेपालबाट बाहिर जाने (चार्टर बाहेक) विमानहरुमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २ गतेसम्मका लागि अन्तर्राष्ट्रीय  उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर छिमेकी मुलुक भारतलगायत विश्वका अधिकांश देशमा अहिलेपनि कोरोना भाइरस नियन्त्रण बाहिर रहेको भन्दै तत्काल हवाई उडान रोक्ने निर्णय गरेको हो । यस अवधिमा पनि नेपालमा अलपत्र परेका विदेशी नागरिक लिनका लागि आउने चार्टर विमानहरु तथा नेपालबाट अत्यावश्यक सामग्री लिन विदेश जाने विमानहरुले उडान भर्न पाउनेछन् ।

नेपालमा पहिलो चरणमा देखिएका सबै कोरोना संक्रमितहरु विदेशबाटै आएकाहरु भएकोले पनि अन्र्तराष्ट्रिय उडानमा थप कडाई गर्दै जेठ १८ सम्मको समयसिमा लम्ब्याइएको मन्त्रीपरिषद् स्रोतको भनाई छ । यसैबीच सरकारले सीमा क्षेत्रको नाकाबन्दी पनि आगामी जेठ १८ सम्मका लागि थप गरेको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ? मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...

High Cost Of A Strong Euro High Cost Of A Strong Euro

२०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

Top