Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१
नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्यासलाग्दो ढंगबाट बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जका सबै विद्यालयहरु एक साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन केन्द्रललगायत सरोकारवालाहरुको बैठकले भोलिदेखि लागूहुने गरी आगामी ७ दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने घोषणा गरेको हो । आजमात्रै स्वास्थ्य मन्त्रालयले देशका १३ जिल्लालाई बढी जोखिमपूर्ण जिल्लाको रुपमा घोषणा गरेको थियो । मन्त्रालयले यस्ता जिल्लामा सञ्चालनमा रहेका रात्रीकालीन व्यवसाय, शिक्षणसंस्थालगायत बढी मानिसहरुको भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्न भनेको थियो ।
पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मात्रै कोरोनाका १ सय २३ नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनमा बाँकेको सिमावर्ती भारतीय भूमिबाट हजारौंको संख्यामा नेपाली तथा भारतीय नागरिकहरु नेपालतर्फ भित्रन थालेसँगै जोखिम र संक्रमित बढ्न थालेका हुन् । प्रशासन कार्यालयले सीमा क्षेत्रमा हुने चेकजाँचमा पनि थप कडाई गर्ने निर्णय समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...
‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
झण्डै ४ महिनादेखि वेपत्ता नेपालका लागि पूर्व बेलायती राजदूतको शव भेटियो
२०७७ भाद्र १५ गते सोमबार
३१ अगस्ट, २०२०वेस्टह्याम, बेलायत । गत मे ७ (बैशाख...
Top