कोरोनाको जोखिम बढेको भन्दै नेपालगञ्जका विद्यालयहरु १ साताका लागि बन्द

Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार


१५ अप्रिल, २०२१
नेपालगञ्ज, बाँके । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्यासलाग्दो ढंगबाट बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगञ्जका सबै विद्यालयहरु एक साताका लागि बन्द गर्ने घोषणा गरेको छ ।

जिल्ला विपत् व्यवस्थापन केन्द्रललगायत सरोकारवालाहरुको बैठकले भोलिदेखि लागूहुने गरी आगामी ७ दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने घोषणा गरेको हो । आजमात्रै स्वास्थ्य मन्त्रालयले देशका १३ जिल्लालाई बढी जोखिमपूर्ण जिल्लाको रुपमा घोषणा गरेको थियो । मन्त्रालयले यस्ता जिल्लामा सञ्चालनमा रहेका रात्रीकालीन व्यवसाय, शिक्षणसंस्थालगायत बढी मानिसहरुको भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्न भनेको थियो ।

पछिल्लो २४ घण्टामा बाँके जिल्लामा मात्रै कोरोनाका १ सय २३ नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनमा बाँकेको सिमावर्ती भारतीय भूमिबाट हजारौंको संख्यामा नेपाली तथा भारतीय नागरिकहरु नेपालतर्फ भित्रन थालेसँगै जोखिम र संक्रमित बढ्न थालेका हुन् । प्रशासन कार्यालयले सीमा क्षेत्रमा हुने चेकजाँचमा पनि थप कडाई गर्ने निर्णय समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...

लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो  (भिडियोसहित) लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...

युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै

२०७६ चैत्र ४ गते मंगलबार

१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...

लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो

२०७७ मंशिर २१ गते आइतबार

०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...

Top