गैर आवासीय नेपाली संघमा कम्युनिष्ट निकटको वर्चस्व, अध्यक्षमा पन्त विजयी

Best Khabar Team | २०७६ कार्तिक १ गते शुक्रबार


१८ अक्टोबर २०१९
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा सम्पन्न नबौं अधिवेशनबाट (नबौ बिश्व सम्मेलन) अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । तीन दिनदेखि काठमाडौंमा जारी एनआरएनएको अधिवेशनबाट प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् । अध्यक्षमा विजयी पन्तले १ हजार ९४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी आचार्यले ९ सय ५९ मत मात्रै प्राप्त गरेका थिए ।

पन्त युरोपेली मुलुक जर्मनीमा बसेर व्यवसाय गर्दै आइरहेका छन् । यस्तै परजित भएका आचार्यले आफ्नो कर्मथलोको रुपमा बेलायतलाई बनाएका छन् । पन्त कम्युनिष्ट निकट हुन् भने निर्वाचनमा पराजित आचार्य काँग्रेस निकट मानिन्छन् । यस्तै, उपाध्यक्षहरुमा वद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी तथा महिला उपाध्यक्षमा रविना थापा विजयी भएका छन् । यस्तै महासचिवमा हेमराज शर्मा, सचिवमा गौरी जोसी तथा आरके शर्मा, कोषाध्यक्षमा, महेश श्रेष्ठ र सह कोषध्यक्षामा लोक दाहाल विजयी हुनुभएको छ ।

काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको चुनावी कार्यक्रममा आफ्ना पार्टी निकटका उम्मेद्वारलाई विजयी गराउन केही केन्द्रीय नेताहरु लागिपरेका थिए । यपटकको निर्वाचनको केन्द्रीय कार्यसमितिमा विजयी उम्मेद्वारहरुमा कम्युनिष्ट निकटकै बर्चस्व रहेको छ । अध्यक्षका प्रत्ययासी आचार्यले मत परिणाम हार्ने निश्चित भएपछि केही अराजक हर्कत गरेको आरोप पन्त निकटहरुले लगाएका छन् । निर्वाचित कार्यसमितिले २०१९–२०२१ का लागि काम गर्ने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त...

घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित) घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)

२०७६ मंशिर २७ गते शुक्रबार

नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा...

नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...

भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...

Top