Best Khabar Team | २०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३
चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये २६ जनाको शव भेटिएको घटनास्थलमा उद्दारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा खटिएको प्रहरी तथा सेनाको संयुक्त उद्दार टोलीले हालसम्म २६ जनाको शव संकलन गरेको छ । दुर्घटनामा परी घाइते भएका केहीलाई अस्पतालमा उपचारका लागि पठाइएको छ । दुर्घटनास्थल सेती नदीको खोचमा रहेकोले कठिनाई भएको प्रहरीको भनाई छ ।
११ विदेशी पर्यटक
प्रहरीको अनुसार विमानमा ११ जना विदेशी पर्यटक रहेको खुलेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार आज बिहान दुर्घटनामा परेको सो विमानमा ५ जना भारतीय नागरिक, रसियन, एक आयरल्याण्डी, दुई कोरियन एवं एक अर्जेटिना, अष्ट्रेलिया, फ्रान्सका एकएकजना यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानमा सवारमध्ये ५ जना भारतीय नागरिक रहेको बताइएको छ । चालकदलका ४ जना सदस्यसहित आज बिहान काठमाडौंबाट साढे १० बजे पोखराका लागि उडेको सो विमान पोखराको पुरानो विमानस्थलमा अवतरणका क्रममा सेतीनदीमा खसेको थियो ।
दुर्घटनाग्रस्त विमानमा सवार विदेशी नागरिकको नाम खुलेपनि उनीहरुको देशको बारेमा केही खुल्न सकेको छैन । पाइलट कमल केसीले उढाएको सो विमानमा ६ जना बालबालिका, ११ विदेशी पर्यटकका अलावा ४१ जना महिला र २७ जना पुरुष सवार रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका
२०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...
कर्णाली प्रदेशमा पनि पस्यो कोरोना, थप १८ जनामा संक्रमण, कुल संक्रमितको संख्या ३७५ पुग्यो
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना...
नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
Top