Best Khabar Team | २०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०
नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार ८ सय ६४ जना नयाँ कोरोना (कोभिड १९) का संक्रमित भेटिएका छन् । यो हालसम्म भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसअघि मे १० तारिखका दिन भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोना देखिएको थियो । यस्तै कोरोनाकै कारण भारतमा आज एक सय १८ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या शनिबार राती १० बजेसम्म ९० हजार ६ सय ४८ पुगेको छ भने हालसम्म २८ सय ७१ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
३२ हजार २ सय २४ जनाको उपचार सफल भएको छ । सिँगो देशलाई लकडाउन गरिएको भएपनि कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण यसले भयाबह रुप लिनसक्ने आशंका विज्ञहरुले गरेका छन् । दक्षिण एसियाली मुलुकमा भारत अहिले सबैभन्दा धेरै प्रभावित मुलुक बनेको छ । यस्तै विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीमा भारत ११ नम्बरमा परेको छ ।
भारतको महाराष्ट्र, नयाँदिल्ली, मध्यप्रदेशलगायतका स्थानमा कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ । भारतमा कोरोना फैलँदा छिमेकी मुलुक नेपालको तराईका जिल्लामहरुमा पनि यसको प्रभाव देखिन थालेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...
बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता
२०७७ भाद्र १८ गते बिहिबार
०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...
प्रधानमन्त्री ओली युरोप आउँदै
२०७६ जेठ १९ गते आइतबार
पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...
आर्थिक घोटलाको आरोप लागेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीद्वारा राजीनामा
२०७७ माघ २ गते शुक्रबार
१५ जनावरी, २०२१दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप...
Top