इजरायल आक्रमणमा मारिएका ४ नेपालीको शव काठमाडौं आइपुग्यो : आजै परिवारलाई बुझाइने

Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार


२२ अक्टोबर, २०२३
काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा भएको आतंककारी आक्रमणबाट मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज काठमाडौं आइपुगेको छ । परराष्ट्रमन्त्रालयको पहल र इजरायलस्थित नेपाली दुतावासको समन्वयमा इजरायल सरकार पठाएको सो शव आज बिहान काठमाडौं आइपुगेको हो ।

काठमाडौं आइपुगेको शव बाकसलाई निकाल्दै नेपाली सेना ।

दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपानेको शव बिहानै काठमाडौं आइपुगिसकेको छ । यस्तै कैलालीकै आशीष चौधरीको शव भने केहीबेरअघि मात्रै काठमाडौं आइपुगेको छ । सबै शवको पोष्टमार्टम गरिसकेपछि आजै शवलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी लगिने बताइएको छ । धनगढीमा पुगेपछि ती शवहरु सम्बन्धित परिवारलाई बुझाइने परराष्ट «मन्त्रालयले जानकारी दिएको छ ।

हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली मध्ये बाँकी ६ जनाको शव पनि प्रक्रिया पुरा गरी छिट्टै नेपाल ल्याईने र यसका लागि इजरायल सरकारसँग कुराकानी भै रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...

झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित) बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...

Top