Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३
काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा भएको आतंककारी आक्रमणबाट मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज काठमाडौं आइपुगेको छ । परराष्ट्रमन्त्रालयको पहल र इजरायलस्थित नेपाली दुतावासको समन्वयमा इजरायल सरकार पठाएको सो शव आज बिहान काठमाडौं आइपुगेको हो ।

दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपानेको शव बिहानै काठमाडौं आइपुगिसकेको छ । यस्तै कैलालीकै आशीष चौधरीको शव भने केहीबेरअघि मात्रै काठमाडौं आइपुगेको छ । सबै शवको पोष्टमार्टम गरिसकेपछि आजै शवलाई नेपाली सेनाको हेलिकोप्टरबाट धनगढी लगिने बताइएको छ । धनगढीमा पुगेपछि ती शवहरु सम्बन्धित परिवारलाई बुझाइने परराष्ट «मन्त्रालयले जानकारी दिएको छ ।
हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली मध्ये बाँकी ६ जनाको शव पनि प्रक्रिया पुरा गरी छिट्टै नेपाल ल्याईने र यसका लागि इजरायल सरकारसँग कुराकानी भै रहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
समाज परिवर्तनका लागि अभियान छेड्दै महिला नौमती बाजा समूह
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती...
बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने
२०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...
अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने
२०७६ जेठ २० गते सोमबार
०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...
विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा...
Top