Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०
न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब साढे ६ सय नेपालीले तत्काल घर फर्कनका लागि इच्छा देखाउँदै उद्दारको लागि सरकारसँग आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अनुसार विभिन्न काम विशेषले अमेरिका बस्दै आएका कामकाजी नेपाली, पढ्नका लागि आएका नेपाली तथा भ्रमणका लागि अमेरिका आएर लकडाउनका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकले नेपाल फर्कने इच्छा देखाएका हुन् ।

हालै गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले नेपाल फर्कन चाहने नेपालीहरुका लागि अनलाईमार्फत् फारम भर्नका लागि अनुरोध गरेकोमा हालसम्म ६ सय ४१ जनाले फर्म भरिसकेका छन् । मे २ तारिखसम्मका लागि फर्म भर्नका लागि अनुरोध गरिएको भएपनि अझै अझै केही नेपाली थप हुनसक्ने बताइएको छ ।
गैर आवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले जारी गरेको विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा धेरै नेपालीहरु नेपाल र्फकन चाहेकोले त्यसका लागि सहजीकरणको व्यवस्था गरिदिन अमेरिकास्थित नेपाली राजदूतमार्फत् सरकारलाई अनुरोध गरेका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म ७२ हजार ८ सय ६७ जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने १२ लाख ४४ हजार ३ सय २ जना संक्रमित बनेका छन् । हालसम्म कति नेपालीलाई कोरोना लागेको छ भन्ने एकिन तथ्यांक नभएपनि कोरोनाको जोखिम उच्च रहेको भन्दै उनीहरु नेपाल फर्कने तयारीमा रहेका बुझिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकाको न्यूजर्सीमा पसलबाट बन्दुक किनेलगत्तै भएको गोलीकाण्डमा ६ मारिए
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ न्यूयोर्क । केही वर्षयता बन्दुकबाट असुरक्षित...
हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो
२०८० आश्विन २८ गते आइतबार
१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका...
चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए
२०७६ असार ८ गते आइतबार
२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...
एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !
२०७७ बैशाख ६ गते शनिबार
– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...
Top