उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार


१३ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १ सय ११ जना काठमाडौं जिल्लाभित्र बस्ने बासिन्दा भएको बताइएको छ । ललितपुरमा ११ जना र भक्तपुरमा थप ५ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा मोरङ्गका ५७ वर्षका एकजना पुरुष, धनुषाका ८५ वर्षकी महिला, अछामका १८ वर्षका एक युवक र महोत्तरीका ५७ वर्षका एक पुरुष रहेका छन् ।

अहिलेसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । यस्तै देशभरबाट हालसम्म १६ हजार ८ सय २७ जना कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् । पछिल्ला दिनहरुमा भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउनेहरुको संख्या बढेसँगै लकडाउन पनि खुल्ला भएका कारण संक्रमितको संख्या बढेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश

२०७६ पुष १ गते मंगलबार

१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने...

२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त २१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...

Top