Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ ।

ती मध्ये १ सय ११ जना काठमाडौं जिल्लाभित्र बस्ने बासिन्दा भएको बताइएको छ । ललितपुरमा ११ जना र भक्तपुरमा थप ५ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाई छ । पछिल्लो २४ घण्टामा देशभर थप ४ जनाको कोरोनाका कारण ज्यान गएको छ । जसमा मोरङ्गका ५७ वर्षका एकजना पुरुष, धनुषाका ८५ वर्षकी महिला, अछामका १८ वर्षका एक युवक र महोत्तरीका ५७ वर्षका एक पुरुष रहेका छन् ।
अहिलेसम्म देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ भने कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । यस्तै देशभरबाट हालसम्म १६ हजार ८ सय २७ जना कोरोना भाइरस मुक्त भएर घर फर्केका छन् । पछिल्ला दिनहरुमा भारतलगायत तेश्रो मुलुकबाट नेपाल आउनेहरुको संख्या बढेसँगै लकडाउन पनि खुल्ला भएका कारण संक्रमितको संख्या बढेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
Top