सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

Best Khabar Team | २०७६ कार्तिक ५ गते मंगलबार


२२ अक्टोबर, २०१९
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे ।

उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने हो कि भन्ने हामीमाथि डर छ । सत्तामा वा प्रतिपक्षमा भएपनि हामी परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ । २०६२–०६३ सालको जनआन्दोलनबाट ल्याएका उपलब्धि बचाउन एक ढिक्का हुनुपर्छ ।’ उनले भने,‘हामीलाई नेपालमा संविधान सभाको चुनावमात्रै गराउन ६५ वर्ष लाग्यो । जनप्रतिनिधिबाट संविधान बनाउनुपर्छ भन्ने मागअनुसार संविधान बनाउनको लागि दुईपटक संविधानसभाको चुनाव भयो ।

देशमा गणतन्त्र स्थापना भयो । नेपाली जनतालाई भन्ने गरियो, संविधान बनेपछि धेरै समस्या समाधान हुन्छ, चुनाव भएपछि धेरै समस्या समधान हुन्छ । र, संघीयता आएपछि झन धेरै समस्या समाधान हुन्छन् भन्ने कुरा गरियो । गणतन्त्रपनि आयो, संघीयता पनि ल्याईयो । हामीलाई एउटा नेपालले भएन, सात वटा नेपाल बनायौं । ८८५ सांसद बनाउन सफल भयौं । ७५३ सरकार बनायौं । गणतन्त्र स्थापना भयो राम्रै कुरा भयो ।’

मुलुकमा यतिवेला दुई तिहाई बहुमतको सरकार रहेको भएपनि नेपाली जनताले सुशासनको अनुभुति गर्न नपाएको उनको गुनासो छ । ‘तत्कालिन नेकपा एमलो र नेकपा माओवादी केन्द्रबीच एकता भयो । नेकपाले दुई तिहाई मत ल्यायो । राम्रै कुरा भयो । अहिले दुई तिहाई बहुमतको सरकार गठन भएको छ ।

यत्ति हुँदाहुँदैपनि नेपाली जनताले अहिलेपनि सुशासन पाएनन् । पहिले दशैं आयो । अहिले तिहार आईरहेको छ, गर्नु नगर्नु गरेर अकुत सम्पत्ति कमाउनेको लागि दशैं र तिहार आयो । दैनिक दुई हजारको दरले नेपाली युवाहरु विदेश गैरहेका छन् । अहिलेपनि एयरपोर्ट जाने हो भने खुटटा हाल्ने ठाउँ छैन् ।’
उनले सत्तामा बस्नेहरुले सुशासन कायम गरेको, भ्रष्टाचार घटाएको, सार्वभौमसत्ताको रक्षा गरेको भनेर भन्नु त नौलो कुरा नभएको चित्रण गरे । उनले थपे,‘तर, यथार्थमा जनताको समस्या जटिल छ । यति ठूलो संघीय प्रणाली, जसको लागि नेपालको सामथ्र्य थिएन । यो मुलुकमा संघीयता आएपछि जातीय समस्या समाधान हुन्छ । भाषिक समाधान हुन्छ भनियो । वास्तवमा अहिले समाधान भएको छैन् ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् । उनले भने,‘बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ । तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’
उनले राष्ट्रिय जनमोर्चाले भनेजस्तो संघीयतानै बेठीक हो भन्ने कुरामा आफूहरु सहमत हुन नसक्ने जिकिर गरे । उनले भने,‘संघीयता भनेको त जनताले स्विकार गरेको कुरा हो ।

संविधानसभाबाट ९५ प्रतिशतले अनुमोदन गरेको एजेण्डा हो । यो कुनै जबरजस्ती ल्याईैएको एजेण्डा होईन् ।’ रायमाझीले भ्रष्टाचार र व्यभिचार देखापरेको सुनाए ।उनले भने,‘भ्रष्टाचार र व्यभिचार सतहमा आएका छन् । अब संघीय गणतन्त्र आईसकेपछि चेतना आईसक्यो । पूराना घट्नालाई चिहानबाट, तलबाट ल्याईएका छन् ।गलत गर्ने जो कसैलाई पनि राज्यले छोड्दैन् । घट्नाबाट कोही पनि बच्नेवाला छैन् । यो बर्वाद होईन, ठीक भयो । हिजोको सरकारले घटना बाहिर ल्याउन चाहेको थिएन । तर, यो सरकारले ल्यायो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अहिले जनता पुरै निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘सत्ताको रमाईलो पाटो हुन्छ । सत्तामा बस्दा चौतर्फी राम्रो देखिने हुन्छ । सारा कुरा राम्रो देखिने भन्ने हुन्छ । यदि त्यो साँचो भैदिएको भए पुरै नेपाल सुनैसुनको र सारा नेपाली समद्ध हुन्थे ।’ उनले यतिवेला जनता अत्यन्तै ज्यादा निराश रहेको बताए ।

उनले भने,‘दुई तिहाई मतका साथ जनताले नेकपालाई सरकारमा पुर्याए । निर्वाचन भएको २२ महिना भैसक्यो । सरकार बनेको २० महिना भैसक्यो । यो बीचको मुल्यांकन गर्ने हो भने सरकार ठीक ढंगले अघि बढेको छैन् ।’



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...

Top