Best Khabar Team | २०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरुलाई विद्यार्थी भर्ना अभियान सञ्चालन नगर्न निर्देशन दिएको छ । पछिल्लो केहीसाता यता काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कम्तीमा आगामी भदौ १५ सम्मका लागि विद्यालयहरु नखोल्न तथा विद्यार्थी भर्ना अभियानसमेत सञ्चालन नगर्न सरकारले निजी तथा सार्वजनिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले यसअघि भदौ १ गतेदेखि विद्यालयमा विद्यार्थी भर्ना अभियान शुरु गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न भनेको हो । अहिले कोरोनाको जोखिम थप बढेका कारण विद्यालयहरुलाई यस्ता गतिविधि नगर्न निर्देशन दिएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।
भर्ना अभियान शुरु गरिँदा अभिभावकले रकम समेत तिरिसक्ने भएकाले तत्काल कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहन्छ । त्यसैले अहिले तत्काल भर्ना शुरु गरिँदा विद्यालयहरुमा र भिडभाड बढ्ने हुँदा जोखिमसमेत बढ्ने हुनाले यसलाई थप १५ दिनका लागि बन्द गरिएको ती मन्त्रीको भनाई छ ।
सरकारले यो सँगै एक जिल्लाबाट अर्को जिल्लामा सञ्चालन हुने लामो दुरीका सवारी साधनहरु आगामी भदौ १५ गतेसम्म सञ्चालन नगर्न पनि सम्बन्धित सवारी धनी तथा यातयात व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अबैध आप्रबासीप्रति कठोर बन्दै ट्रम्प प्रशासन : देश निकाला हुनेहरुमा नेपालीको संख्या पनि बढ्दो
२०८२ जेठ २९ गते बिहिबार
१२ जुन, २०२५न्यूर्योक, अमेरिका । गत जनवरीको अन्तिम साता...
पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...
Top