३ अमेरिकी सहरमा गोलीकाण्ड : १ को मृत्यु, २ दर्जन बढी घाइते

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार


तस्वीर साभार : abcnews.go

२४ डिसेम्बर न्यूयोर्क । अमेरिकाका तीन फरक फरक शहरमा आइतबार रातिदेखि सोमबार बिहानसम्म भएको गोली काण्डमा १ जनाको ज्यान गएको छ भने करिब २ दर्जन घाइते भएका छन् । बाल्टिमोट, मिनिसोटा तथा सिकागोमा फरक फरक समयमा भएको गोली काण्ड कसले र किन गरायो भने विषयमा अहिलेसम्म केही खुल्न नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको बाल्टिमोर शहरस्थित डाउनटाउनमा भएको गोलीकाण्डमा ७ जना घाइते भएका छन् । घटनामा अहिलेसम्म कोही पनि नेपाली परेको जानकारी प्राप्त भएको छैन ।

उनीहरुलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको बताइएका छ । सडकमा भएको सो गोलीकाण्डमा संलग्नहरुलाई पक्रन प्रहरीले स्थानीय सिसिटिभी फूजेटलगायतको अनुसन्धान गरिरहेको छ । घटनामा घाइते हुनेमा अधिकांश युवायुवती रहेको बताइएको छ । बिहान २ बजेतिर स्थानीय एक क्लव नजिकै सो घटना भएको बताइएको छ ।

यस्तै, अमेरिकी शहर मिनेसोटामा भएको अर्को गोली काण्डमा एक युवकको ज्यान गएको छ । १९ वर्षका चाई याङ्ग नामका ती युवकको हत्यामा संलग्नमाथि पनि प्रहरीले सर्च अपरेशन अघि बढाएको छ । सो घटनामा पनि करिब १० जना घाइते भएका छन् ।

यता शिकागोको साउथ मे स्ट्रीटमा आइतबार भएको गोलीकाण्डमा १५ जना घाइते भएका छन् । स्थानीय एक घरभित्र भएको सो गोलीकाण्डको प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको र यो समाचार तयार पार्दासम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन ।

घटनालगत्तै प्रहरीले सो क्षेत्रलाई घेरा हालेर अनुसन्धान तथा घटनामा संलग्नको खोजी तीव्र बनाएको छ । पछिल्ला केही वर्षहरुमा अमेरिकामा गोलीकाण्डका कारण सयौंले ज्यान गुमाइएसकेका छन् भने अमेरिकाबासीहरु आफूलाई असुरक्षित महशुस गर्न थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’ अमेरिकी राष्ट्रपति ट्रम्पले भाईको निधन पछि भने : ‘मेरो सबैभन्दा मिल्ने साथी अब रहेन’

२०७७ श्रावण ३२ गते आइतबार

१६ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...

पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...

अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

Top