Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र उल्झनको आज बेल्जियमको एन्त्रोपेन सहरमा प्रिमियर सोको आयोजना गरियो । चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको एक कार्यक्रममा बीच यहाँ रहेका नेपाली समुदायबीच चलचित्रको प्रिमियर सोको आयोजना गरिएको हो । चलचित्रमा बेलायत निवासी ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय रहेको छ भने निर्देशन राजु अधिकारीले गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता तेजेन्द्र कँडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी रहेका छन् ।

प्रेमकथमा आधारित चलचित्र नयाँ युवाहरुमाझ निक्कै प्रसिद्ध हुने अपेक्षा गरिएको छ । यसअघि करिब २ वर्षअघि लण्डनस्थित अल्डरसटको एम्पायर हलमा चलचित्रको रेडकार्पेट सो गरिएको थियो । युरोपका विभिन्न स्थान तथा नेपालमा छायांकन गरिएको सिनेमाले अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाइएको छ ।
आसुतोष फिल्म्सको ब्यानरमा निर्मित सिनेमाका निर्देशक तेजेन्द्र कँडेलका अनुसार यो चलचित्रले विदेशिएका युवाहरुको मन जित्ने छ । चलचित्रको ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोला ।https://www.youtube.com/watch?v=coIzp-uI3NQ
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सांसद अपहरण काण्ड : काठमाडौं प्रहरीमा उजुरी दर्ता भएन
२०७७ बैशाख १४ गते आइतबार
२६अप्रिल, २०२०काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितको टोलीले दायर...
आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...
नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना...
भदौ १७ गतेसम्म थपियो उपत्यकामा निषेधाज्ञा
२०७७ भाद्र १० गते बुधबार
२६ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन...
Top