बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र उल्झनको आज बेल्जियमको एन्त्रोपेन सहरमा प्रिमियर सोको आयोजना गरियो । चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको एक कार्यक्रममा बीच यहाँ रहेका नेपाली समुदायबीच चलचित्रको प्रिमियर सोको आयोजना गरिएको हो । चलचित्रमा बेलायत निवासी ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय रहेको छ भने निर्देशन राजु अधिकारीले गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता तेजेन्द्र कँडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी रहेका छन् ।

प्रिमियर सोमा चलचित्रका नायक बेनि ढुंगाना । तस्वीर : पी.एल तरंग

प्रेमकथमा आधारित चलचित्र नयाँ युवाहरुमाझ निक्कै प्रसिद्ध हुने अपेक्षा गरिएको छ । यसअघि करिब २ वर्षअघि लण्डनस्थित अल्डरसटको एम्पायर हलमा चलचित्रको रेडकार्पेट सो गरिएको थियो । युरोपका विभिन्न स्थान तथा नेपालमा छायांकन गरिएको सिनेमाले अनेक सपना बोकेर विदेशिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको समस्यालाई विषयबस्तु बनाइएको छ ।

आसुतोष फिल्म्सको ब्यानरमा निर्मित सिनेमाका निर्देशक तेजेन्द्र कँडेलका अनुसार यो चलचित्रले विदेशिएका युवाहरुको मन जित्ने छ । चलचित्रको ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोला ।https://www.youtube.com/watch?v=coIzp-uI3NQ



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

२०७७ असार १५ गते सोमबार

२९ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै...

पूर्वसभामुख महरा थुनामुक्त पूर्वसभामुख महरा थुनामुक्त

२०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...

भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...

Top