पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह

Best Khabar Team | २०७७ फाल्गुन १२ गते बुधबार


२४ फेब्रुअरी, २०२१
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज इलामका थीर कोइरालासँग प्रेम विवाह गरेकी हुन् । ललितपुरको पाटनमा रहेको चर्चमा क्रिस्चियन परम्परा अनुसार कोइराला र पन्तबीच विवाह भएको उनको परिवारले जनाएको छ । सामान्य ढंगले गरिएको विवाहमा दुबै पक्षका आफन्त तथा केही साथीभाई मात्रै उपस्थित भएका थिए । थीर र अन्जु दुबै क्रिस्चियन धर्म मान्दै आएका छन् ।

विगत एक दशकअघि गायक मनोजराजसँग सम्बन्ध विच्छेद भएपछि गायिका पन्त लामो समयदेखि एक्लो जिबन विताउँदै आएकी थिइन् । विवाह बन्धनमा बाँधिनका लागि उनका परिवारका सदस्य, आफन्त तथा साथिभाईले दबाब दिएपछि आफू विवाह गर्ने निर्णयमा पुगेको केही दिनअघि गायिका पन्तले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । केही समयअघि एउटा अनलाईनमा उनकी छोरीको अन्तर्वाता प्रकाशित भएको थियो ।

जहाँ उनले आमालाई विवाह गर्नका लागि आफूहरुले आग्रह गरेको बताएकी थिइन् । पूर्वी नेपालबाट प्रकाशित हुने एक स्थानीय पत्रिकाका पूर्व सम्पादकसमेत रहेका कोइराला र पन्तबीच विगत केहीवर्षदेखि प्रेम सम्बन्ध रहेको दुबैले स्वीकार गरेका छन् । उनीहरुले सोही सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार  अब नरोकिने सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...

संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल

२०७६ पुष १५ गते मंगलबार

–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...

Top