Best Khabar Team | २०७७ फाल्गुन १२ गते बुधबार
२४ फेब्रुअरी, २०२१
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज इलामका थीर कोइरालासँग प्रेम विवाह गरेकी हुन् । ललितपुरको पाटनमा रहेको चर्चमा क्रिस्चियन परम्परा अनुसार कोइराला र पन्तबीच विवाह भएको उनको परिवारले जनाएको छ । सामान्य ढंगले गरिएको विवाहमा दुबै पक्षका आफन्त तथा केही साथीभाई मात्रै उपस्थित भएका थिए । थीर र अन्जु दुबै क्रिस्चियन धर्म मान्दै आएका छन् ।

विगत एक दशकअघि गायक मनोजराजसँग सम्बन्ध विच्छेद भएपछि गायिका पन्त लामो समयदेखि एक्लो जिबन विताउँदै आएकी थिइन् । विवाह बन्धनमा बाँधिनका लागि उनका परिवारका सदस्य, आफन्त तथा साथिभाईले दबाब दिएपछि आफू विवाह गर्ने निर्णयमा पुगेको केही दिनअघि गायिका पन्तले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । केही समयअघि एउटा अनलाईनमा उनकी छोरीको अन्तर्वाता प्रकाशित भएको थियो ।

जहाँ उनले आमालाई विवाह गर्नका लागि आफूहरुले आग्रह गरेको बताएकी थिइन् । पूर्वी नेपालबाट प्रकाशित हुने एक स्थानीय पत्रिकाका पूर्व सम्पादकसमेत रहेका कोइराला र पन्तबीच विगत केहीवर्षदेखि प्रेम सम्बन्ध रहेको दुबैले स्वीकार गरेका छन् । उनीहरुले सोही सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले
२०७६ पुष ७ गते सोमबार
तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...
भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति
२०७८ श्रावण १७ गते आइतबार
०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...
Top