Best Khabar Team | २०७७ माघ २२ गते बिहिबार
०४ फेब्रुअरी, २०२१
काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाधिँने भएकी छन् । १० वर्षअघि गायक तथा संगीतकार मनोजराजसँग बैवाहिक सम्बन्ध विच्छेद गरेकी गायिका पन्तले छिट्टै नै फेरि विवाह गर्ने तयारी गरेको उनी निकटस्थहरुको भनाई छ ।

गायिका पन्तले पूर्वी नेपालको इलाम स्थायी घर भएका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । विगत केही वर्षदेखि कोइराला र पन्तबीच प्रेमसम्बन्ध रहेको भएपनि अहिले पारिवारिक तथा साथिभाईको दबावका कारण उनीहरु छिट्टै नै विवाह बन्धनमा बाधिँन लागेका हुन् । पत्रकारितामा समेत आबद्ध कोइरालाले लेखेका कतिपय गीतहरुलाई अञ्जुले आफ्नो स्वर दिएकी छन् । कोइराला केहीवर्षअघि नेपाल टेलिभिजनमा कार्यक्रम समेत सम्वादसम्बन्धी कार्यक्रम चलाउँदथे । उनी इटहरीमा रहँदा पत्रिकाको समेत रहेका थिए ।
हाल काठमाडौंमा बस्दै आएका कोइराला र पन्त दुबै क्रिश्चियन धर्म मान्ने गर्दछन् । उनीहरुले छिट्टै विवाहको मिति तय गर्ने सञ्चारमाध्यमहरुमा बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...
‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न...
एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं
२०७७ जेठ १९ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
Top