भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार


१२ मे, २०२०
नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएसँग्ै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारमात्रै कोरोनाका कारण भारतमा १ सय २१ जनाको ज्यान गएको छ । यस्तै देशभर मंगलबार ३ हजार ४ सय ७५ जनाँ नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोनाका कारण २ हजार ४ सय १५ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसबाट ७४ हजार २ सय ४३ जना संक्रमित भै सकेका छन् । जुन विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने मुलुकहरुको १२ नम्बरको सूची हो । भारत भन्दा माथि चीन, इरान, टर्की, जर्मनी, ब्राजिल, फ्रान्स, इटली, बेलायत, रसिया, स्पेन र अमेरिका रहेका छन् । करिब २ महिनादेखि भारतका विभिन्न स्थानमा सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन लकडाउनको घोषणा गरेपनि संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

भारतको राजधानी नयाँदिल्ली, महाराष्ट्र, मध्यप्रदेशलगायतका स्थानमा कोरोनाको संक्रमण बढी देखिएको छ । संक्रमित मध्ये २४ हजार २ सय २० जनाको सफल उपचार समेत भएको छ । भारतमा कोरोना बढ्दै जाँदा यसको असर छिमेकी देश नेपालको सिमावर्ती भारतीय क्षेत्रका गाउँहरुमा समेत देखिन थालेको छ । आजमात्रै नेपालको तराईका जिल्लाहरुमा ८० जना नयाँ विरामी देखा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...

नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...

नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति...

कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो कोरोना संक्रमितको संख्या २ लाख ६४ नाघ्यो

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म...

Top