Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०
नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएसँग्ै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारमात्रै कोरोनाका कारण भारतमा १ सय २१ जनाको ज्यान गएको छ । यस्तै देशभर मंगलबार ३ हजार ४ सय ७५ जनाँ नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा कोरोनाका कारण २ हजार ४ सय १५ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसबाट ७४ हजार २ सय ४३ जना संक्रमित भै सकेका छन् । जुन विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने मुलुकहरुको १२ नम्बरको सूची हो । भारत भन्दा माथि चीन, इरान, टर्की, जर्मनी, ब्राजिल, फ्रान्स, इटली, बेलायत, रसिया, स्पेन र अमेरिका रहेका छन् । करिब २ महिनादेखि भारतका विभिन्न स्थानमा सरकारले कोरोना भाइरसको प्रकोप फैलन नदिन लकडाउनको घोषणा गरेपनि संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
भारतको राजधानी नयाँदिल्ली, महाराष्ट्र, मध्यप्रदेशलगायतका स्थानमा कोरोनाको संक्रमण बढी देखिएको छ । संक्रमित मध्ये २४ हजार २ सय २० जनाको सफल उपचार समेत भएको छ । भारतमा कोरोना बढ्दै जाँदा यसको असर छिमेकी देश नेपालको सिमावर्ती भारतीय क्षेत्रका गाउँहरुमा समेत देखिन थालेको छ । आजमात्रै नेपालको तराईका जिल्लाहरुमा ८० जना नयाँ विरामी देखा परेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...
गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद
२०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...
युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...
प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...
Top