कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार


२६ मार्च, २०२१
लिंकरोभर, बेल्जियम ।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको तेश्रो लहर यतिबेला युरोपमा देखा परेको छ । कोरोना भाइरसको दोश्रो लहरको सामना गरिसकेको युरोपले यतिबेला कोरोनाको तेश्रो लहरको सामना गर्न थालेको छ । युरोपेली युनियन सम्बद्ध अधिकांश देशमा यतिबेला कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै फेरि लकडाउन गरिएको छ ।

विशेष गरी आगामी अक्टोबरको पहिलो साता पर्न गएको युरोपेली चाड (इस्टर) र त्यसमा हुनसक्ने मानिसहरुको जमघटलाई मध्यजर गर्दै यतिबेला युरोपका धेरैजसो देशले लकडाउन गरेका छन् । कतिपय देशले मानिसहरुको भीडभाड हुने क्षेत्र तथा अन्य गतिविधिहरुमा पनि रोक लगाएका छन् ।

युरोपेली युनियनको केन्द्र अर्थात् बेल्जियमले भोलि शनिबारबाट लागुहुने गरी केही साताको लागि फेरि लकडाउनको घोषणा गरेको छ । यस्तै इटाली, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, नर्वेलगायतका देशले पनि लकडाउनको घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा कोरोना भाइरसको परिवर्तित रुपका विरामी देखिएका छन् । जुन विगतमा लण्डन तथा केही अफ्रिकी मुलुकहरुमा देखिएको थियो ।

नर्वेमा विशेष गरी इस्टर पर्वलाई मध्यनजर गर्दै हिजोदेखि केही मापदण्डहरु कडा पारिएको छ । नर्वे सरकारले कोरोनाको तेश्रो लहर शुरु भएको भन्दै त्यसका लागि आवश्यक सावधानी अपनाउन आफ्ना देशका नागरिकहरुलाई अपिल गरेको छ । फ्रान्समा अहिलेपनि रात्रिकालीन समयमा कफ्र्यु जारी छ ।

स्पेनले छिमेकी मुलुक पोर्चुगल र फ्रान्ससँगको सिमा बन्द गरेको छ । यस्तै पोर्चुगलले आगामी अफ्रिल दोश्रो सातासम्मका लागि विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको छ। पोर्चुगल सरकारले आगामी अप्रिल १५ गतेसम्मका लागि ‘स्टेट अफ इमरजेन्सी’ को समय बढाएको छ । यस अवधिमा सप्ताहन्तमा एउटा नगरपालिकाबाट अर्कोमा आवतजात गर्नका लागि विशेष कारण खुलेको कागज देखाउनुपर्ने छ ।

पोर्चुगलमा अहिले होटलहरु बन्द छन् भने रेस्टुरेन्टहरुले पनि टेकवे सेवा मात्रै प्रदान गरिरहेका छन्। यस्तै ठूला सपिङ्ग मलहरु विगत डेढ महिनादेखि बन्द छन् । यस्तै बेल्जियममा रात्रीकालिन सेवाका सबै व्यवसायहरु बन्द छन् । दैनिक उपभोग्य तथा पेय पदार्थ बेच्ने पसलहरुलाई पनि रातीको १० बजेपछि खोल्ने अनुमति प्रदान गरिएको छैन । युरोपका अधिकांश देशले कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान शुरु गरेको भएपनि कोरोना नियन्त्रणमा खासै उपलब्धी हाँसिन गर्न सकेको छैन ।

युरोपमा सबैभन्दा बढी कोरोना संक्रमित देशको सूचीमा बिहीबार साँझसम्म फ्रान्सको नाम अग्रपंक्तिमा रहेको छ । यसका अलावा बेलायत, इटली, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशमा पनि कोरोना संक्रमणको तर उच्च छ । बिहीबारको तथ्यांकलाई आधार मान्ने हो भने फ्रान्समा पछिल्लो २४ घण्टामा ४५ हजार ६ सय ४१ जना कोरोनाका नयाँ विरामी थपिएका छन् । यस्तै सोही अवधिमा २ सय २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै इटलीमा २३ हजार ६ सय ९६ जना नयाँ संक्रमित बिहीबार साँझ थपिएका छन् । यस्तै सोही अवधिमा इटलीमा ४ सय ६० जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा ६ हजार ३ सय ९३ जना नयाँ संक्रमित थपिँदा बिहीबार साँझसम्म थप ३ सय ५६ जनाले ज्यान गुमाएका छन् । युरोपेली मुलुक पोल्याण्ड पनि कोरोनाको नराम्रो थपोमा परेको छ । पोल्याण्डमा बिहीबार ३४ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा पोल्याण्डमा ५ सय २२ जनाले ज्यान गुमाएका छन् । यस्तै जर्मनीमा पनि २२ हजार २ सय ५८ जना नयाँ संक्रमित थपिँदा थप २ सय ५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै युरोपेली मुलुक युक्रेन, नेदरल्याण्ड, रोमानिया, बेल्जियम, पोर्चुगललगायतका देशले पनि कोरोनाको सामना गरिरहनु परेको छ । तुलनात्मक रुपमा पोर्चुगलमा पछिल्लो केही साता याता नयाँ संक्रमितको संख्या घट्न थालेको छ भने मृतकको संख्या पनि न्यून छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको...

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

२०७७ असार ११ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै...

दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता दल बिभाजनसम्बन्धी नयाँ अध्यादेशको प्रभाव : बाबुराम भट्टराई र महन्थ ठाकुर नेतृत्वको दुई पार्टीबीच मध्यरातमा एकता

२०७७ बैशाख १० गते बुधबार

२२ अप्रिल, २०२०काठमाडौं । नेपालका इतिहाँसमा धेरैजस्ता महत्वपूर्ण निर्णय...

Top