कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार


२६ मार्च, २०२१
लिंकरोभर, बेल्जियम ।
सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको तेश्रो लहर यतिबेला युरोपमा देखा परेको छ । कोरोना भाइरसको दोश्रो लहरको सामना गरिसकेको युरोपले यतिबेला कोरोनाको तेश्रो लहरको सामना गर्न थालेको छ । युरोपेली युनियन सम्बद्ध अधिकांश देशमा यतिबेला कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै फेरि लकडाउन गरिएको छ ।

विशेष गरी आगामी अक्टोबरको पहिलो साता पर्न गएको युरोपेली चाड (इस्टर) र त्यसमा हुनसक्ने मानिसहरुको जमघटलाई मध्यजर गर्दै यतिबेला युरोपका धेरैजसो देशले लकडाउन गरेका छन् । कतिपय देशले मानिसहरुको भीडभाड हुने क्षेत्र तथा अन्य गतिविधिहरुमा पनि रोक लगाएका छन् ।

युरोपेली युनियनको केन्द्र अर्थात् बेल्जियमले भोलि शनिबारबाट लागुहुने गरी केही साताको लागि फेरि लकडाउनको घोषणा गरेको छ । यस्तै इटाली, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगल, नर्वेलगायतका देशले पनि लकडाउनको घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा कोरोना भाइरसको परिवर्तित रुपका विरामी देखिएका छन् । जुन विगतमा लण्डन तथा केही अफ्रिकी मुलुकहरुमा देखिएको थियो ।

नर्वेमा विशेष गरी इस्टर पर्वलाई मध्यनजर गर्दै हिजोदेखि केही मापदण्डहरु कडा पारिएको छ । नर्वे सरकारले कोरोनाको तेश्रो लहर शुरु भएको भन्दै त्यसका लागि आवश्यक सावधानी अपनाउन आफ्ना देशका नागरिकहरुलाई अपिल गरेको छ । फ्रान्समा अहिलेपनि रात्रिकालीन समयमा कफ्र्यु जारी छ ।

स्पेनले छिमेकी मुलुक पोर्चुगल र फ्रान्ससँगको सिमा बन्द गरेको छ । यस्तै पोर्चुगलले आगामी अफ्रिल दोश्रो सातासम्मका लागि विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको छ। पोर्चुगल सरकारले आगामी अप्रिल १५ गतेसम्मका लागि ‘स्टेट अफ इमरजेन्सी’ को समय बढाएको छ । यस अवधिमा सप्ताहन्तमा एउटा नगरपालिकाबाट अर्कोमा आवतजात गर्नका लागि विशेष कारण खुलेको कागज देखाउनुपर्ने छ ।

पोर्चुगलमा अहिले होटलहरु बन्द छन् भने रेस्टुरेन्टहरुले पनि टेकवे सेवा मात्रै प्रदान गरिरहेका छन्। यस्तै ठूला सपिङ्ग मलहरु विगत डेढ महिनादेखि बन्द छन् । यस्तै बेल्जियममा रात्रीकालिन सेवाका सबै व्यवसायहरु बन्द छन् । दैनिक उपभोग्य तथा पेय पदार्थ बेच्ने पसलहरुलाई पनि रातीको १० बजेपछि खोल्ने अनुमति प्रदान गरिएको छैन । युरोपका अधिकांश देशले कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान शुरु गरेको भएपनि कोरोना नियन्त्रणमा खासै उपलब्धी हाँसिन गर्न सकेको छैन ।

युरोपमा सबैभन्दा बढी कोरोना संक्रमित देशको सूचीमा बिहीबार साँझसम्म फ्रान्सको नाम अग्रपंक्तिमा रहेको छ । यसका अलावा बेलायत, इटली, स्पेन, जर्मनी, पोल्याण्डलगायतका देशमा पनि कोरोना संक्रमणको तर उच्च छ । बिहीबारको तथ्यांकलाई आधार मान्ने हो भने फ्रान्समा पछिल्लो २४ घण्टामा ४५ हजार ६ सय ४१ जना कोरोनाका नयाँ विरामी थपिएका छन् । यस्तै सोही अवधिमा २ सय २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै इटलीमा २३ हजार ६ सय ९६ जना नयाँ संक्रमित बिहीबार साँझ थपिएका छन् । यस्तै सोही अवधिमा इटलीमा ४ सय ६० जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा ६ हजार ३ सय ९३ जना नयाँ संक्रमित थपिँदा बिहीबार साँझसम्म थप ३ सय ५६ जनाले ज्यान गुमाएका छन् । युरोपेली मुलुक पोल्याण्ड पनि कोरोनाको नराम्रो थपोमा परेको छ । पोल्याण्डमा बिहीबार ३४ हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा पोल्याण्डमा ५ सय २२ जनाले ज्यान गुमाएका छन् । यस्तै जर्मनीमा पनि २२ हजार २ सय ५८ जना नयाँ संक्रमित थपिँदा थप २ सय ५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै युरोपेली मुलुक युक्रेन, नेदरल्याण्ड, रोमानिया, बेल्जियम, पोर्चुगललगायतका देशले पनि कोरोनाको सामना गरिरहनु परेको छ । तुलनात्मक रुपमा पोर्चुगलमा पछिल्लो केही साता याता नयाँ संक्रमितको संख्या घट्न थालेको छ भने मृतकको संख्या पनि न्यून छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ

२०७६ पुष ६ गते आइतबार

२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै ३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

Top