लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार


२७ अप्रिल, २०२०
काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर सवारी साधन सञ्चालन गर्ने क्रम बढेको भन्दै सवारी पास नलिएका सवारी साधनलाई ठाउँका ठाउँ रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले पछिल्ला दिनहरुमा आफूखुसी गाडी सञ्चालन गरेर यात्रुहरुको ओसारपसार गर्ने क्रम बढेको र यसले कोरोना संक्रमणको जोखिम बढाएको निष्कर्ष सहित यो निर्णय गरेको हो ।

गहमन्त्रालयको यो निर्देशनसँगै अब अत्यावश्यक कामका लागि सवारी साधन सञ्चालनको अनुमति अर्थात् सवारी पास लिएका बाहेक अन्य सवारी साधनलाई प्रहरीले देख्नेवित्तिकै रोक्नेछ । पछिल्ला दिनहरुमा यात्रुहरुको उद्दारका नाममा काठमाडौंबाट दर्जनौ गाडी धादिङ्ग, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्लामा गएको तथा वीरगञ्जबाट दर्जनौ गाडी यात्रु लिएर काठमाडौं आएको सन्दर्भमा सरकारले यो निर्णय गरेको हो । यस्तै गृहमन्त्रालयले अत्यावश्यकबाहेक अन्य अवस्थामा जथाभावी ढंगले सवारी पास वितरण नगर्न सम्बन्धित जिल्ला र स्थानीय प्रशासनलाई कडा निर्देशन दिएको छ ।

गृहमन्त्रालयले सम्बन्धित जिल्ला अधिकारीमार्फत् सम्पूर्ण स्थानीयतहलाई परिपत्र गर्दै विशेष सेवामा रहेका चिकित्सक, सञ्चारकर्मी, औषधी बोकेका, एम्बुलेन्सलगायतका गाडीबाहेक नीजि सवारी साधनहरुलाई रोक्न निर्देशन दिएको हो । अहिले पहुँचका भरमा सवारी साधनको पास लिने र काम नै नभएपनि सडकमा निस्कने क्रम बढेपछि यसले कोरोना संक्रमणको जोखिम निम्त्याएको जनगुनासो बढेपछि सरकारले यो कदम अघि सारेको हो ।

सडकको अवस्था हेर्नका लागि मात्रै भएपनि सवारी पास लिएका सवारी सडकमा निस्कँदा यसले अनावश्यक भीड बढाएको भन्दै सर्वसाधारणले हेल्लो सरकारकामा यसलाई रोक्न आग्रह गर्दै गुनासो टिपाएका थिए । सरकारले हिजोमात्रै बैशाख २५ गतेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने सरकारको निर्णय : भदौ १ बाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सूचारु हुने

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अन्ततः सरकारले आगामी भदौ १...

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

Top