Best Khabar Team | २०७७ बैशाख १५ गते सोमबार
२७ अप्रिल, २०२०
काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर सवारी साधन सञ्चालन गर्ने क्रम बढेको भन्दै सवारी पास नलिएका सवारी साधनलाई ठाउँका ठाउँ रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले पछिल्ला दिनहरुमा आफूखुसी गाडी सञ्चालन गरेर यात्रुहरुको ओसारपसार गर्ने क्रम बढेको र यसले कोरोना संक्रमणको जोखिम बढाएको निष्कर्ष सहित यो निर्णय गरेको हो ।

गहमन्त्रालयको यो निर्देशनसँगै अब अत्यावश्यक कामका लागि सवारी साधन सञ्चालनको अनुमति अर्थात् सवारी पास लिएका बाहेक अन्य सवारी साधनलाई प्रहरीले देख्नेवित्तिकै रोक्नेछ । पछिल्ला दिनहरुमा यात्रुहरुको उद्दारका नाममा काठमाडौंबाट दर्जनौ गाडी धादिङ्ग, नुवाकोट, दोलखा, रामेछापलगायतका जिल्लामा गएको तथा वीरगञ्जबाट दर्जनौ गाडी यात्रु लिएर काठमाडौं आएको सन्दर्भमा सरकारले यो निर्णय गरेको हो । यस्तै गृहमन्त्रालयले अत्यावश्यकबाहेक अन्य अवस्थामा जथाभावी ढंगले सवारी पास वितरण नगर्न सम्बन्धित जिल्ला र स्थानीय प्रशासनलाई कडा निर्देशन दिएको छ ।

गृहमन्त्रालयले सम्बन्धित जिल्ला अधिकारीमार्फत् सम्पूर्ण स्थानीयतहलाई परिपत्र गर्दै विशेष सेवामा रहेका चिकित्सक, सञ्चारकर्मी, औषधी बोकेका, एम्बुलेन्सलगायतका गाडीबाहेक नीजि सवारी साधनहरुलाई रोक्न निर्देशन दिएको हो । अहिले पहुँचका भरमा सवारी साधनको पास लिने र काम नै नभएपनि सडकमा निस्कने क्रम बढेपछि यसले कोरोना संक्रमणको जोखिम निम्त्याएको जनगुनासो बढेपछि सरकारले यो कदम अघि सारेको हो ।
सडकको अवस्था हेर्नका लागि मात्रै भएपनि सवारी पास लिएका सवारी सडकमा निस्कँदा यसले अनावश्यक भीड बढाएको भन्दै सर्वसाधारणले हेल्लो सरकारकामा यसलाई रोक्न आग्रह गर्दै गुनासो टिपाएका थिए । सरकारले हिजोमात्रै बैशाख २५ गतेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...
कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...
बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी...
अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...
Top