Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९
मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर मड्रिडमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन २०१९ शुरु भएको छ । गत सोमबारबाट जारी सम्मेलनमा विश्वका १ सय ९७ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी छन् । यस्तै कतिपय देशका वातावरणमन्त्री तथा जलबायु परिवर्तनका क्षेत्रमा सक्रिय अभियान्ताहरु समेत सम्मेलनमा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा जलबायु परिवर्तनका कारण पृथ्वीका विभिन्न क्षेत्रमा प्राकृतिक असर पर्दै गएको तर्फ सम्मेलमा सहभागीहरुले ध्यानाकर्षण गराएका छन् ।

जलबायु परिवर्तनका कारण विश्वका विभिन्न स्थानमा अतिबृष्टि, अनाबृष्टि, हिमालयहरुमा हिँहरु पग्लनेलगायतका समस्या देखिएपछि कार्यक्रममा सहभागीहरुले यसको असर कम गर्न सिंगो विश्व एक हुनुनर्पेमा जोड दिएका छन् । मंसीर २७ गतेसम्म चल्ने सो सम्मेलनमा नेपालका तर्फबाट बनमन्त्री शक्ति बस्नेत पनि मड्रिड आइपुग्नुभएको छ ।
नेपालले यसपटक सम्मेलनमा हिमाली क्षेत्रमा हिँउ पग्लने क्रम बढ्दै गएको र यसको प्रत्यक्ष प्रभाव मानवको दैनिकीहरुमा समेत परेको भन्दै यसको प्रभाव कम गर्न सबैमिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुहुने भएको छ ।
यसअघि चिलीमा हुने तय भएको सम्मेलन चिलीले राजनीतिक कारण देखाउँदै आयोजना गर्न नसकेका कारण स्पेनमा आयोजना भएको हो । सम्मेलन मंसीर २७ गतेसम्म चल्ने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...
सिंगापुरबाट काठमाडौं आएका ९८ यात्रुले गरे धावनमार्गमा विमानभित्रै नाराबाजी : ९८ यात्रुलाई मध्यरातमा सिधै क्वारेन्टाइन पठाईयो
२०७६ चैत्र ८ गते शनिबार
२१ मार्च, २०२० काठमाडौं । सरकारले शुक्रबार रातिबाट नेपालमा...
मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...
आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ
२०७४ श्रावण २० गते शुक्रबार
अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...
Top