Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९
मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर मड्रिडमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन २०१९ शुरु भएको छ । गत सोमबारबाट जारी सम्मेलनमा विश्वका १ सय ९७ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी छन् । यस्तै कतिपय देशका वातावरणमन्त्री तथा जलबायु परिवर्तनका क्षेत्रमा सक्रिय अभियान्ताहरु समेत सम्मेलनमा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा जलबायु परिवर्तनका कारण पृथ्वीका विभिन्न क्षेत्रमा प्राकृतिक असर पर्दै गएको तर्फ सम्मेलमा सहभागीहरुले ध्यानाकर्षण गराएका छन् ।

जलबायु परिवर्तनका कारण विश्वका विभिन्न स्थानमा अतिबृष्टि, अनाबृष्टि, हिमालयहरुमा हिँहरु पग्लनेलगायतका समस्या देखिएपछि कार्यक्रममा सहभागीहरुले यसको असर कम गर्न सिंगो विश्व एक हुनुनर्पेमा जोड दिएका छन् । मंसीर २७ गतेसम्म चल्ने सो सम्मेलनमा नेपालका तर्फबाट बनमन्त्री शक्ति बस्नेत पनि मड्रिड आइपुग्नुभएको छ ।
नेपालले यसपटक सम्मेलनमा हिमाली क्षेत्रमा हिँउ पग्लने क्रम बढ्दै गएको र यसको प्रत्यक्ष प्रभाव मानवको दैनिकीहरुमा समेत परेको भन्दै यसको प्रभाव कम गर्न सबैमिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुहुने भएको छ ।
यसअघि चिलीमा हुने तय भएको सम्मेलन चिलीले राजनीतिक कारण देखाउँदै आयोजना गर्न नसकेका कारण स्पेनमा आयोजना भएको हो । सम्मेलन मंसीर २७ गतेसम्म चल्ने छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
नेपालकी पहिलो महिला प्रधानमन्त्री कार्कीको अबको दायित्व
२०८२ भाद्र २८ गते शनिबार
नेपालको इतिहाँसमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायधीश सुशीला...
त्रिभुवन विमानस्थलबाट फ्रान्समा ‘चार्डर उडान’ भर्दै कतार एयर : तत्काल युरोपलगायतका देशमा आउनुपर्ने बाध्यता भएकालाई महत्वपूर्ण अबसर
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा...
Top