नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०

काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२० आजबाट शुरु भएको छ । गएराति १२ बजेबाट अँग्रेजी क्यालेण्डर २०१९ को विदाई र वर्ष २०२० को स्वागतसँगै भ्रमण वर्ष पनि शुरु भएको हो । यद्यपि सरकारी तबरबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ । आज दिउँसो काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० उद्घाटन गरिँदै छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेव भण्डारीले गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा वलीले समेत सम्बोधन गर्नुहुनेछ । पर्यटन मन्त्रालयको आयोजनामा गर्न लागिएको कार्यक्रममा लाखौंको सहभागिता रहने बताइएको छ । दिउँसो साढे ३ बजे उद्घाटन कार्यक्रम शुरुहुनु अघि विभिन्न जातजाती तथा भाषाभाषीको भेषभुषा झल्कने सांस्कृतिक झाँकीहरु काठमाडौंका विभिन्न ठाउँबाट निक्लने छ ।

सो झाँकीहरुले शहरका विभिन्न भागको परिक्रमा गरी काठमाडौंको दशरथ रंगाशालामा हुने कार्यक्रममा प्रस्तुती देखाउने छन् । भ्रमणवर्षको औचारिक कार्यक्रममा सहभागी पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था, सरकारी निकाय, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारी, कलाकार, सञ्चारकर्मी तथा पेशा व्यवसाय सम्बन्ध व्यक्तिहरुलाई सरकारले निमन्त्रणा गरेको छ । यस्तै विभिन्न स्कुल र क्याम्पसका छात्रछात्राहरुले पनि कार्यक्रममा सहभागीता जनाउने छन् ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा छिमेकी मुलुक चीनका पर्यटन मन्त्री वाङ सियोफिङ, भारतका प्रल्हादसिंह पटेल, जमैकाका एडमण्ड बार्टलेट, र म्यानमारका यू ओन मौग काठमाण्डु आइपुगेका छन् । नयाँ वर्ष २०२० को शुरुकै दिन भ्रमणवर्षको औपचारिक कार्यक्रम गर्न लागिएकोले यो कार्यक्रम अत्यन्तै भव्य हुने सरकारको भनाई छ । अन्र्तराष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । सन् २०२० मा कम्तीमा २० लाख पर्यटकलाई नेपाल भित्र्¥याउने लक्ष्यको औपचारिक शुरुवातका लागि सरकारले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव ! कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...

कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...

राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै राजा महेन्द्रको पालामा बनेको पोखराको रत्नमन्दिर अब सर्वसाधारणको लागि खुल्ला हुँदै

२०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९बैदाम । तत्कालीन राजा महेन्द्र शाहको पालामा...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

Top