Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकारले चार्टर गरेको सो विमानमा कोरोना जाँचगर्ने किटदेखि विभिन्न खाले औषधी तथा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक विभिन्न सामग्रीहरु रहने छन् । नेपाल एयरलाईन्सको आरए ४१७१ नम्बरको कलसाइन रहेको सो विमानमा विशेष गरी चिकित्सकका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका अन्य स्वास्थ्य सामग्री र औपाधी हरु रहेको बताइएको छ ।
सो विमानलाई चीन पठाउनका लागि अन्र्तराष्ट्रिय उडान अनुमति लिइएको पर्यटन मन्त्रालयले जनाएको छ । विमान चार्टर गरेर नेपाल ल्याउन कम्तीमा १ लाख ५३ हजार अमेरिकी डलर खर्च लाग्ने भएपनि सो रकम स्वास्थ्य मन्त्रालयबाट मागेर पर्यटन मन्त्रालयले पछि तिर्ने गरी पर्यटनमन्त्री योगेश भट्टराई स्वयं जमानी बसेका हुन् । यद्यपि सो रकम भने स्वास्थ्य मन्त्रालयले बेहार्ने छ । सो विमानले कोरोना नियन्त्रणका लागि आवश्यक सामग्रीहरु नेपाल ल्याएपछि कोरोना संक्रमितको उपचार तथा संक्रमण रोक्नका लागि महत्वपूर्ण सहयोग हुने विश्वास लिइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...
हराईरहेको इन्डोनेसियाली जहाज समुद्रमा ‘दुर्घटनाग्रस्त’ !
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
Top