Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपाल सरकारले चार्टर गरेको सो विमानमा कोरोना जाँचगर्ने किटदेखि विभिन्न खाले औषधी तथा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक विभिन्न सामग्रीहरु रहने छन् । नेपाल एयरलाईन्सको आरए ४१७१ नम्बरको कलसाइन रहेको सो विमानमा विशेष गरी चिकित्सकका लागि आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सहितका अन्य स्वास्थ्य सामग्री र औपाधी हरु रहेको बताइएको छ ।
सो विमानलाई चीन पठाउनका लागि अन्र्तराष्ट्रिय उडान अनुमति लिइएको पर्यटन मन्त्रालयले जनाएको छ । विमान चार्टर गरेर नेपाल ल्याउन कम्तीमा १ लाख ५३ हजार अमेरिकी डलर खर्च लाग्ने भएपनि सो रकम स्वास्थ्य मन्त्रालयबाट मागेर पर्यटन मन्त्रालयले पछि तिर्ने गरी पर्यटनमन्त्री योगेश भट्टराई स्वयं जमानी बसेका हुन् । यद्यपि सो रकम भने स्वास्थ्य मन्त्रालयले बेहार्ने छ । सो विमानले कोरोना नियन्त्रणका लागि आवश्यक सामग्रीहरु नेपाल ल्याएपछि कोरोना संक्रमितको उपचार तथा संक्रमण रोक्नका लागि महत्वपूर्ण सहयोग हुने विश्वास लिइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता...
युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्
२०७९ फाल्गुन १५ गते सोमबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
२१ वर्षपछि भारतमा भीषण आँधी, पश्चिम बंगालमा १० को मृत्यु, लाखौंको संरचना क्षतिग्रस्त
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको...
Top