धादिङ् र गुल्मीका समेत गरी थप ५३ जनामा कोरोना, संक्रमित हुनेको संख्या ३५७

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत गरी देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै धादिङ्, धनुषा, दाङ्ग र रौतहटका एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वाब काभ्रेको धुलिखेल अस्पतालमा परीक्षणमा गरिएको थियो । यसैगरी मोरङ्गको विराटनगरमा गरिएको परीक्षणमा मोरङ्गका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयको भनाई छ ।

मन्त्रालयले यसअघि जारी गरेको बुलेटिनमा रौतहट र बारामा गरी थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यी नौ जनासहित आज एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जनाको ज्यान गै सकेको छ भने ३६ जना उपचारपछि घर फर्केका छन् । यो सँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री

२०७९ कार्तिक ७ गते सोमबार

२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...

इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता...

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...

Top