Best Khabar Team | २०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षकर्मी तथा प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । दिल्लीको सिलमपुरमा जारी झडपका क्रममा प्रहरीले चलाएको लाठी तथा अश्रुग्याँसबाट थुप्रै प्रदर्शनकारी घाइते बनेका हुन् ।
यस्तै प्रदर्शनकारीले हानेको ढुंंगा, इँटालगायतको प्रहारबाट झण्डै दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । विगत केहीदिनदेखि जारी झडप दिनप्रतिदिन उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा सडकमा गुडेका दर्जनौ सवारी साधनमा क्षति पु-याइएको छ । यसरी क्षति पुगेका गाडीहरुमा निजीकारदेखि विद्यालयका बस, विभिन्न संघ संस्थाका सवारीसाधनलगायत छन् । नागरिकताको विषयमा जारी विवाद भारतको पूर्वीक्षेत्रबाट शुरु भएपछि अहिले यसले देशव्यापी रुपमा प्रर्दशन शुरु गरिएको छ ।
भारतले हालै जारी गरेको नागरिकतासम्बन्धी विधेयकमा मुसलमानहरुलाई विभेद गरेको भन्दै दिल्लीमा रहेको अल जामिया इस्लामिया क्याम्पसमा प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेपछि त्यसको विरोधमा देशव्यापी रुपमा प्रदर्शन शुरु भएको हो । प्रदर्शन बढ्दै गएपछि सिमलपुरआसापसमा सञ्चालित रेलसेवा समेत अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रदर्शनकारीहरुले सवारी साधन घरका सिसाहरुमा तोडफोड गरेका छन् ।

प्रदर्शनलाई मध्यनजर गर्दै भारतभर सुरक्षाव्यवस्था कडा पारिएको छ । दिल्लीका अलावा अहिले मेघालय, आसामलगायतका पूर्वी क्षेत्रमा प्रदर्शन उग्र बन्दै गएको हो । प्रदर्शनकारीहरुले कतिपय स्थानमा रेलस्टेशनमा समेत आगजनी गरेका छन् । तर सरकारले भने कुनैहालतमा ऐन फिर्ता नहुने स्पष्ट पारेको छ । नागरिकतासम्बन्धी विधेयक अनुसार ३१ डिसेम्बर २०१४ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ । र, विधेयकमा गरिएको व्यवस्थाअनुसार योग्य ठहरिएलाई ६ वर्षभित्र नागरिकता दिने प्रावधान पनि राखिएको छ ।

विधेयक हालैमात्रै भारतका दुवै सदन लोकसभा र राज्यसभाबाट पारित भएसँगै नयाँ कानुनको रुपमा लागू भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...
महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन
२०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...
नेपालमा एकैदिन २३९ जनामा संक्रमण : २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, संक्रमितको संख्या १८ सय नाघ्यो (अपडेट)
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा...
विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...
Top