Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१
काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९ जिल्लामा अहिले कोरोना भाइरसबाट संक्रमित भएर विरामी परेका (सक्रिय संक्रमित) को संख्या ५ सय नाघेको छ । योसँगै यी जिल्लाहरुमा स्थानीय प्रशासनले जुनसुकै बेला आवश्यकता अनुसार लकडाउन गर्न सक्ने गरी अधिकार प्राप्त गरेको छ ।

कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले सक्रिय संक्रमित ५नाघेका उपत्यकासहितका तराईका जिल्लामा लकडाउन गर्नसक्ने गरी अधिकार स्थानीय प्रशासनलाई प्रदान गरेको थियो । यस्तै कोरोनाका सक्रिय संक्रमित २ सय नाघेपछि पहाडी जिल्लामा पनि लकडाउन गर्नसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिइएको छ । अब यो निर्णयसँगै काठमाडौं, ललितपुर भक्तपुरमा तत्काल पूर्ण वा आंशिक लकडाउन जारी गर्ने र त्यसको स्वरुप के हुने भन्ने विषयमा स्थानीय प्रशासनले आन्तरिक तयारी र छलफल थालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निषेधाज्ञा लगाउनसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिएसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आन्तरिक रुपमा सरोकारबालाहरुसँग अनौपचारिक छलफल थालेका छन् ।
सोमबार यो विषयमा ठोस निर्णय लिने तयारी तीनवटै जिल्लाले गरिरहेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अलावा पूर्वी नेपालको मोरङ, तराईको पर्सा, गण्डकी प्रदेशको कास्की, दाङ, बाँके र रुपन्देही जिल्लामा पनि निषेधाज्ञा जारी गर्ने विषयमा स्थानीय प्रशासनले छलफल थालेको छ । किनकी यी जिल्लाहरुमा पनि आइतबार साँझसम्म सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । यो समाचार तयार पार्दासम्म बर्दिया जिल्ला प्रशासनले भने आगामी १ साताका लागि भन्दै सोमबारदेखि लागूहुने गरी लकडाउनको घोषणा गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार...
सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...
चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक
२०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...
कोरोना संक्रमणबाट आक्रान्त बन्दै युरोप : इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डको अवस्था भयाबह बन्दै
२०७६ चैत्र ९ गते आइतबार
२२ मार्च, २०२०एन्तोर्पेन, बेल्जियम । कोरोना भाइरसको संक्रमणका कारण...
Top