Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१
काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९ जिल्लामा अहिले कोरोना भाइरसबाट संक्रमित भएर विरामी परेका (सक्रिय संक्रमित) को संख्या ५ सय नाघेको छ । योसँगै यी जिल्लाहरुमा स्थानीय प्रशासनले जुनसुकै बेला आवश्यकता अनुसार लकडाउन गर्न सक्ने गरी अधिकार प्राप्त गरेको छ ।

कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले सक्रिय संक्रमित ५नाघेका उपत्यकासहितका तराईका जिल्लामा लकडाउन गर्नसक्ने गरी अधिकार स्थानीय प्रशासनलाई प्रदान गरेको थियो । यस्तै कोरोनाका सक्रिय संक्रमित २ सय नाघेपछि पहाडी जिल्लामा पनि लकडाउन गर्नसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिइएको छ । अब यो निर्णयसँगै काठमाडौं, ललितपुर भक्तपुरमा तत्काल पूर्ण वा आंशिक लकडाउन जारी गर्ने र त्यसको स्वरुप के हुने भन्ने विषयमा स्थानीय प्रशासनले आन्तरिक तयारी र छलफल थालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निषेधाज्ञा लगाउनसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिएसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आन्तरिक रुपमा सरोकारबालाहरुसँग अनौपचारिक छलफल थालेका छन् ।
सोमबार यो विषयमा ठोस निर्णय लिने तयारी तीनवटै जिल्लाले गरिरहेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अलावा पूर्वी नेपालको मोरङ, तराईको पर्सा, गण्डकी प्रदेशको कास्की, दाङ, बाँके र रुपन्देही जिल्लामा पनि निषेधाज्ञा जारी गर्ने विषयमा स्थानीय प्रशासनले छलफल थालेको छ । किनकी यी जिल्लाहरुमा पनि आइतबार साँझसम्म सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । यो समाचार तयार पार्दासम्म बर्दिया जिल्ला प्रशासनले भने आगामी १ साताका लागि भन्दै सोमबारदेखि लागूहुने गरी लकडाउनको घोषणा गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतका चर्चित संगीतकर्मी वाजिद खानको कोरोनाका कारण निधन
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको...
२ घण्टा नाका खुल्दा साढे २२ सय नेपाल भित्रिए, चेकजाँच र क्वारेन्टाइन बसाई स्थानीय प्रशासनको लागि चुनौतीपूर्ण
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत...
अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)
२०७७ श्रावण २७ गते मंगलबार
११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...
परिश्रमी हातहरू : जसको दैनिकी माटोसँगै खेलेर वित्दछ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरङ्ग, सुकुलढोका / भक्तपुरभक्तपुर सुकुल ढोकाका ६५ वर्षका...
Top