२२ औं फ्लोरा एक्स्पोमा ३५ हजार दर्शक

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार






२३ मार्च, २०१९
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी २२ औं पुष्प मेलाको दोस्रो दिन २५ लाखको कारोवार भएको छ । शुक्रवादेखि शुरु भएको मेलामा पहिलो दिन १२ हजारले अवलोकन गर्दा १६ लाख बराबारको कारोबार भएको थियो भने दोस्रो दिन २३ हजारले अवलोकन गर्दा २५ लाख रुपियाँको कारोबार भएको छ । अर्थात पाँच वजेसम्म ३५ हजारले अवलोकन गर्दा दुई दिनमा ४१ लाख रुपियाँको कारोवार भएको फ्लोरिकल्चर एसोसिएशन नेपाल (फ्यान) का महासचिव विश्वमणी पोखरेलले जानकारी गराए ।

तीन दिनसम्म चल्ने यो मेलामा आइतबारसम्म ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा ६० लाख बराबरको कारोवार गर्ने लक्ष्य रहेको महासचिव पोखरेलले दावी गरे । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराकासाथ चलिरहेको मेला आइतबारसम्म चल्नेछ । शुक्रवार उद्घाटन भएपछि शुरु भएको मेलामा अवलोकनकर्ताको भिड बढ्दै गइरहेको छ । अवलोकन गर्ने आउनेहरु कोही पनि खाली हात गइरहेको छैन, फ्यानका अध्यक्ष कुमार कजशु श्रेष्ठले भने, पहिल पहिला मान्छेहरु अवलोकन गर्न आउँदा घुमफिर गर्थे र फोटो खिचाएर जान्थे तर यसपटक अधिकाँशले केही नकेही किनेर जान्छ यसपबाट प्रष्ट हुन्छ कि फूलप्रति मान्छेको झुकाव दिनदिनै बढ्दै गइरहेको छ ।’

शनिवार महानगरपालिकाका वतावरण विभागका प्रमुख हरीकुमार श्रेष्ठ, प्रदेश ३ का प्रदेश सांसद प्रकाश श्रेष्ठ, नेपाल हर्टिकल्चर सोशाइटीका अध्यक्ष इश्वर प्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, विभिन्न कलेज क्याम्पसका विद्यार्थीलगायत अनुसन्धानकर्ताहरुले रुची पूर्वक मेलाको अवलोकन गरेको थियो । छुट्टीको दिन भएकाले शुक्रवार भन्दा अवलोकनकर्ताको घुँइचो देखिएको थियो ।

विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म अवलोकनको व्यवस्था गरिएको मेलामा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक खेती प्रबिधी र जैबिक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

मेलामा राखिएका सिंचाइका नयाँ प्रविधि, सजावटका समाग्री, फुलका बीउका स्टल र सजावटका स्टलहरुमा अवलोककर्ताको बढी घुइचो लाग्ने गरेको थियो । पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रबद्र्धन, बिस्तार, नयाँ प्रबिधी अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले आयोजना गरिएको मेलाले उद्देश्य अनुसार उपलब्धी भइरहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । यस २२ औं फ्लोरा एक्स्पोमा जम्मा ८४ वटा स्टल छन् ।

जसमध्ये अफिसिल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ६५ स्टल छन् । मेला अवलोकनकर्ताको सुविधाका लागि फुडस्टल २ वटा छुट्टयाईएको छ । मेलामा करिव आउदो ४५० जातका फुलको अवलोकन तथा खरिद विक्री गर्ने व्यवस्था मिलाइएको छ । नेपाली पुष्प व्यवसाय आ.ब. २०७३/७४ सम्म आई पुग्दा हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । करिव १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३,५०० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ ।

यस व्यवसायले आ.ब. २०७४/ ७५ मा २ अर्व २५.२४ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ । आ.ब.२०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ २.३७ करोड बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय बार्षिक १० देखि १५% को हाराहारीमा बार्षिक बृद्धिदर रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी  : पढ्नुहोस् १५ बुँदामा कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना...

कसले जलायो चितवनमा एनसेलको टावर ? कसले जलायो चितवनमा एनसेलको टावर ?

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...

कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण :  नर्वे सरकारले अनुसन्धान थाल्यो कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

२०७७ माघ ४ गते आइतबार

१७ जनावरी, २०२१ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक...

New Zealand Natural Disaster : 5 Dead and many mising New Zealand Natural Disaster : 5 Dead and many mising

२०७६ मंशिर २३ गते सोमबार

09, Dec, 2019 New Zealand, At least five people...

Top