लगानी सम्मेलन गर्न लाग्नु स्वागतयोग्य : पूर्व अर्थमन्त्री महत

Best Khabar Team | २०७५ चैत्र ७ गते बिहिबार






२१ मार्च, २०१९
काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक रहेको भन्दै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य रहेको बताएका छन् । सम्मेलन गर्नुपूर्व सरोकारवालाहरुसँग आवश्यक छलफल र परामर्श नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मतहले असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा बिहीबार रिपोर्टस क्वले गरेको कार्यक्रममा उनले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने, ‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो। बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’ महतले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे ।

उनले थपे,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’ विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ।’ महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले भने,‘उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएरमात्रै नहुने उनको धारणा छ । उनले थपे,‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’ महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने,‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’

त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ । अहिलेपनि धेरै झन्झटिलो छ ।’ एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए । तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समीक्षा गर्नुपर्ने धारणा राखे ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

२०८० चैत्र ९ गते शुक्रबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...

पोखरामा  कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट) पोखरामा कोरोना संक्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (अपडेट)

२०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक...

इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो

२०८० आश्विन २३ गते मंगलबार

१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...

आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने

२०७४ श्रावण २२ गते आइतबार

  ०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...

Top