कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


१९ मार्च, २०२०
टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पृथ्वीको सुदुरपश्चिममा अवस्थित मुलुक अमेरिका र क्यानडा समेत नराम्ररी प्रभावित बनेका छन् । दुई देशमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यी दुई देशबीचको सिमा नाका बन्द गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या दुबै देशमा फैलन नदिन र यहाँ रहेकाहरुलाई थप सुरक्षित रहेको प्रत्याभूति गराउन अमेरिका र क्यानडाले दुई देशबीचको नाका बन्द गर्ने सहमति जनाएका हुन् । यो सहमति क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार अबेर भएको हो । दुई देशबीचको सिमा नाका बन्द भएपनि अत्यावश्यक तथा सहमतिमा उल्लेख भएका महत्वपूर्ण दैनिक उपभोग्य बस्तुको आयात निर्यात भने हुनेछ । विशेष गरी क्यानडाको दक्षिणी नाका जुन अमेरिकासँग जोडिएका छन्, ती नाकाहरु बन्द गर्ने विषयमा सहमति बनेको हो । यो निर्णय आजैबाट कार्यान्वयन भएको बताइएको छ ।

यो निर्णयसँगै दैनिक लाखौंको संख्यामा अमेरिका वा क्यानडा आउजाउ गर्ने नागरिकहरु पनि रोकिएका छन् । स्मरणीय के छ भने क्यानडा आयत हुने सामानहको ठूलो हिस्सा अमेरिकामाबाट आउने गरेको छ । यद्यपि यसले दुईदेशबीचको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ । आम नागरिकको सुरक्षा र कोरोनाको बढ्दो सुरक्षा सर्तकतालाई मध्यनजर गर्दै यो निर्णय गरिएको अधिकारीहरुको भनाई छ ।

क्यानडामा हालसम्म ७ सय २७ जना कोभिड १९ का संक्रमित भेटिएका छन् भने जसमध्ये उपचारका क्रममा ९ जनाको ज्यान गएको छ । १२ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् । यस्तै अमेरिकामा कोरोनाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना पछिल्लो २४ घण्टामा ज्यान गुमाउने छन् ।

यस्तै अमेरिकामा ९ हजार ४ सय ६४ जनामा हालसम्म कोरोनाको संक्रमण भेटिएको छ । जसमध्ये १ सय ८ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...

कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी २०२०प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस...

प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र

२०७६ माघ २६ गते आइतबार

कृष्णज्वाला देवकोटा – प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको...

Top