नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


२३ मे, २०२०
काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार देशको सबै प्रदेशमा कोरोना संक्रमण देखिएको छ ।

यद्यपि हालसम्म ४२ जिल्लाका बासिन्दामा मात्रै कोरोना देखिएको भन्दै मन्त्रालयले यसको नियन्त्रणका लागि विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार नेपालको प्रदेश र जिल्लागतरुपमा कोरोना संक्रमित, उपचारपछि घर फर्केका र कोरानाकै कारण ज्यान गुमाउनेहरुको संख्या यसप्रकार रहेको छ ।

  • प्रदेश नम्बर १
    यो प्रदेशमा पर्ने उदयपुरमा ३३ जना, खोटाङ्गमा १ जना, झापामा ३६ जना, धनकुटामा ७ जना, भोजपुरमा १ जना, सुनसरीमा ३ जना र मोरङ्गमा ५ जनामा हालसम्म कोरोना संक्रमण देखिएको छ तीमध्ये उदयपुरबाट २३ जना, झापाबाट २ जना, भोजपुरबाट १ जना उपचारपछि घर फर्केका छन् ।
  • प्रदेश नम्बर २
    प्रदेश नम्बर २ मा पर्ने धनुषामा हालसम्म ९ जना, पर्सामा ९१ जना, बारामा ११ जना, महोत्तरीमा ३ जना, रौतहटमा २२ जना, सप्तरीमा २ जना, सर्लाहीमा ३३ जना र सिराहमा १ जनामा कोरोना संक्रमण देखिएकोमा हालसम्म धनुषका १, पर्साका ४ र रौतहटका १ जनाले कोरोनलाई पराजित गरी उपचारपछि घर फर्केका छन् । यो प्रदेशमा कोरोनाका कारण हालसम्म कसैको ज्यान गको छैन ।
  • प्रदेश नम्बर ३ (बाग्मती प्रदेश)
    बाग्मती प्रदेश अन्र्तगत काठमाडौंमा अहिलेसम्म ११ जना, काभ्रेपलाञ्चोकमा १ जना, चितवनमा ६ जना, धादिङ्मा ३ जना, भक्तपुरमा ४ जना, मकवानपुरमा ३ जना, रामेछापमा १, ललितपुरमा १, सिन्धुपाल्चोकमा १ र सिन्धुली जिल्लामा १ जनामा कोरोना देखिएको छ । ती मध्ये काठमाडौंका ४, चितवनका २, धादिङ्गका एक र भक्तपुरका दुईजनाले कोरोनालाई जित्दै उपचारपछि घर फर्केर स्वास्थ्यलाभ गरिरहेका छन् । सिन्धुपाल्चोककी एक २९ वर्षकी सुत्केरीको उपचारका क्रममा धुलिखेल अस्पतालमा कोरोनाकै कारण निधन भएको छ ।
  • प्रदेश नम्बर ४ (गण्डकी प्रदेश)
    गण्डकी प्रदेशमा पर्ने नवलपरासी पूर्वमा २ जना, लमजुङ्गमा १ जना, बाग्लुङ्गमा २ जनामा कोरोना देखिएको छ । बाग्लुङ्गमा कोरोना देखिएका २ जनाले कोरोनालाई जितेका छन् । उनीहरुमा एकजना बृद्द महिला र एक युवती हुनुहुन्छ ।
  • प्रदेश नम्बर ५
    यो प्रदेशमा पर्ने कपिलबस्तुमा ७७ जना, नवलपरासीमा ६ जना र बर्दियामा ३ जनामा संक्रमण देखिएको छ । यस्तै बाँकेमा १४२ जनामा, रुपन्देहीमा ३७ जना, दाङ्गमा ५ जना र गुल्मीमा १ जनामा संक्रमण देखिएको छ । बाँकेमा २१ जना उपचारपछि घर फर्केका छन् भने १ जनाको उपचारकै क्रममा ज्यान गएको छ । यस्तै पाँच नम्बर प्रदेशकै गुल्मीमा पनि एक शिक्षकको कोरोनाका कारण ज्यान गएको छ । रुपेन्देहीमा एकजनाले कोरोनालाई जितेर घर फर्केका छन् ।

  • प्रदेश नम्बर ६ (कर्णाली प्रदेश)
    कर्णाली प्रदेशका २ जिल्लामा हालसम्म ४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार कर्णालीको दैलेखमा १ र सुर्खेतमा ३ जनामा कोरोना देखिएको हो ।
  • प्रदेश नम्बर ७ (सुदुरपश्चिम प्रदेश)
    सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा कोरोना संक्रमित देखिएका छन् । जसमा कैलाली, डडेलधुरा र बैतडी रहेका छन् । डडेलधुरामा हालसम्म १ जनामा, बैतडीमा ५ जना र कैलालीमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये कञ्चनपुरका एक र कैलालीका ४ जना निको भएर घर फर्केको मन्त्रालयले आज साँझ अद्याबधिक गरेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको यो तथ्यांकलाई आधारमान्दा हालसम्म देशभर कुल ४१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ५ सय ८४ जनामा संक्रमण फैलिएको र ती मध्ये ७० जना उपचारपछि घर फर्केका छन् । कोरोनाको संक्रमणमा परी हालसम्म ३ जनाले ज्यान गुमाएको मन्त्रालयको भनाई छ । यो तथ्यांक मन्त्रालयले आज शनिबार साँझ ६ बजे जारी गरेको तथ्यांक हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७७ जेठ २० गते मंगलबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०२६ पुष १७ गते बिहिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ? के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?

२०२६ पुष १७ गते बिहिबार

– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो।...

Top