कोरोनाको करिब ७ महिने ताण्डव : विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख नाघ्यो (बढी प्रभावित विश्वका १० देशको तथ्यांक सहित)

Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार


१८ जुलाई, २०२०
काठमाडौं । गएको डिसेम्बर तेश्रो साता चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोन भाइरस अहिले विश्वका प्रायः सबै मुलुकमा फैलिइसकेको छ । करिब ७ महिनाको यो अवधिमा कोरोनाका कारण नेपालसहित विश्वका २ सय बढी देशमा हालसम्म ६ लाख बढी मानिसले ज्यान गुमाईसकेका
छन् ।

कोरोना भाइरस सम्बन्धी सम्पूर्ण डाटाहरु अध्यावधिक गर्दै आइरहेको ओल्र्डोमिटर डटकमले जारी गरेको पछिल्लो विवरण अनुसार (नेपाली समय अनुसार जुलाई १९ तारिख रातिको १ बजे सम्म) हालसम्म विश्वभरबाट ६ लाख १ हजार ६ सय ६१ जनाले कोरोनाकै कारण ज्यान गुमाई सकेका छन् । यस्तै विश्वभरका १ करोड ४३ लाख ६ हजार २ सय ८९ जनामा कोरोना संक्रमण फैलिएको छ ।

८५ लाख ४६ हजार ३ सय ६२ जना कोरोना भाइरस मुक्त भएका छन् । हालसम्म कोरोनाको ताण्डब मच्चिएको विश्वका प्रमुख १० देशको तथ्यांक यसप्रकार रहेको छ ।

  • अमेरिका
    कुल संक्रमितको संख्या : ३७ लाख ९९ हजार ७ सय ८०जना
    कुल मृत्युः १ लाख ४२ हजार ५ सय
    भाइरस मुक्त हुनेको संख्या : १७ लाख ५७ हजार ४ सय ८४ जना
  • ब्राजिल
    कुल संक्रमितको संख्या : २० लाख ५३ हजार १ सय ७४ जना
    कुल मृत्यु : ७८ हजार ९७ जना
    भाइरस मुक्त हुनेको संख्या : १३ लाख ६६ हजार ७ सय ७५ जना
  • भारत
    कुल संक्रमितको संख्या : १० लाख ७६ हजार ७ सय ४७ जना
    कुल मृत्यु : २६ हजार ८ सय २८ जना
    भाइरस मुक्त हुनेको संख्या : ६ लाख ७८ हजार १० जना
  • रसिया
    कुल संक्रमितको संख्या : ७ लाख ६५ हजार ४ सय ३७ जना
    कुल मृत्यु : १२ हजार २ सय ४७ जना
    भाइरस मुक्त हुनेको संख्या : ५ लाख ४६ हजार ८ सय ६३ जना
  • पेरु
    कुल संक्रमितको संख्या : ३ लाख ४५ हजार छ सय ३७ जना
    कुल मृत्यु : १२ हजार ७ सय ९९ जना
    भाइरमुक्त हुनेको संख्या : २ लाख ३३ हजार ९ सय ८२ जना
  • दक्षिण अफ्रिका
    कुल संक्रमितको संख्या ३ लाख ३७ हजार ५ सय ९४ जना
    कुल मृत्यु : ४ हजार ८ सय ४ जना
    भाइरस मुक्त हुनेको संख्या : १ लाख ७८ हजार १ सय ८३ जना
  • मेक्सिको
    कुल संक्रमितको संख्या :३ लाख ३१ हजार २ सय ९८ जना
    कुल मृत्यु : ३८ हजार ३ सय १० जना
    भाइरस मुक्त हुनेको संख्या : २ लाख८ हजार ४ सय ३६ जना
  • चिली
    कुल क्रमितको संख्या ३ लाख २८ हजार ८ सय ४६ जना
    कुल मृत्यु : ८ हजार ४ सय ४५ जना
    भाइरस मुक्त हुनेको संख्या२ लाख ९९ हजार ४ सय ४९ जना
  • स्पेन
    कुल संक्रमितको संख्या ३ लाख ७ हजार ३ सय ३५ जना
    कुल मृत्यु : २८ हजार ४ सय २० जना
    भाइरस मुक्त हुनेको संख्या : उपलब्ध छैन
  • बेलायत
    कुल संक्रमितको संख्या : २ लाख ९४ हजार ६६ जना
    कुल मृत्यु : ४५ हजार २ सय ७३ जना
    भाइरस मुक्त हुनेको संख्या : उपलब्ध छैन

कोरोना भाइरसका कारण छिमेकी मुलुक भारत पनि पछिल्ला दिनहरुमा नराम्ररी प्रभावित बनेको छ । विश्वका केही देशले कोरोनालाई पराति गरेर जनजीवन सामान्य बनाएपनि अधिकांश देशमा अहिले पनि कोरोना भाइरसको संक्रमण जारी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु ! वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित) अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश...

Top